बिदुर खडका
सिमराः विगत लामो समयदेखि अमेरिकामा कार्यरत कृषि वैज्ञानिक किशोर भट्टराईले विज्ञान र वैज्ञानिकको कुनै देश र राष्ट विशेष नहुने बताएका छन ।
वैज्ञानिकद्धारा उत्पादित वस्तुहरु कुनै राष्ट, धर्म, जातिविशेषले मात्र प्रयोग गरिने नभएकोले विज्ञानलाई हेय दृष्टिकोणले हेरिनु अमानवीय हुने भट्टराईको जिकिर छ ।
बारा डुमरवानाको राष्टिय विभूति शिक्षा सदनको बार्षिक उत्सब तथा अभिभाबक भेलालाई संम्बोधन गर्दै भट्टराईलले उक्त कुरा बताएका हुन ।
कृषि भन्नाले सामान्य खेतीपातीमात्र सम्झिन नहुने मात्र नभै राम्रो विउ कसरी उत्पादन हुन्छ ? बिउ बिजनलाई कसरी अरगाईनिक बनाउन सकिन्छ, भन्ने सोचका साथ नेपालमा रहँदासमेत कृषि संम्बन्धि अनुसंन्धानमा रहेको उहाँको भनाइ छ ।