२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

सयपत्री क्लबको आयोजनामा मन्दिर परिषरको सरसफाई सम्पन्न

२०७८ फागुन १७, मंगलबार मा प्रकाशित ( साल अघि) ६५१ पाठक संख्या

सिमरा, १७ फागुनः महाशिवरात्री पर्वको अवसर पारेर बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नं २ मा रहेको सयपत्री क्लवले विभिन्न मन्दिर परिसरमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।

1646126053704
वडा नं २ मा रहेको राधाकृष्ण मन्दिर तथा मुसर्नीमाई मन्दिर परिसरमा सरसफाई गरिएको क्ल्बका अध्यक्ष नवीनकुमार बरालले बताउनुभयो । सरसफाई कार्यक्रमलाई सहयोग गर्दै युवा समाजसेवी श्यामबाबु गुप्ताले आफ्नी स्वर्गीय माता मञ्जुदेवी गुप्ताको सम्झनामा आफ्नोतर्फबाट टिसर्ट प्रदान गर्नुभयो । कार्यक्रममा समाजसेवी नवीन लामाले पञ्जा , बद्री घिमिरेले माक्स र मनिस न्यौपानेले सहभागीहरुलाई चियाको व्यवस्था गरी सहयोग गरेको वताइएको छ । कार्यक्रममा समाजसेवी, जनप्रतिनिधि, स्थानीय बासिन्दा तथा कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु