२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

प्रकृति संरक्षण तथा पर्यटन प्रवर्धनका लागि पर्सा राष्ट्रिय निकुञ्जमा साइकल र्‍यालीको आयोजना

२०७८ फागुन १७, मंगलबार मा प्रकाशित ( साल अघि) ७५६ पाठक संख्या

सीता अधिकारी,
आधाभार, १७ फागुनः स्वच्छ देश स्वच्छ मधेस भन्ने मूल नाराका साथ आज साइकल र्‍यालीको आयोजना गरिएको छ ।
महाशिवरात्री र सेना दिवसको अवसर पारेर प्रकृति संरक्षण तथा पर्यटन प्रवर्धनका लागि पर्सा राष्ट्रिय निकुञ्जमा दोस्रो पटक साइकल र्‍यालीको आयोजना गरिएको हो । र्‍यालीमा बारा राइडर्स, पर्सा साइकलि क्लव, काष्ठमाण्डव क्लवलगायत देशभरबाट ३ सयभन्दा बढी साइकलयात्री सहभागी रहेका थिए । साइकल र्‍यालीको गन्तव्य आधाभारबाट हलखोरिया दह, नीजगढ नगरपालिकाको रतनपुरी, शिवशत्ति मन्दिर झरना, चकरी र अमलेखगञ्जसम्म रहेको थियो ।

समावेशी साइकल र्‍यााली

साइकल र्‍यालीमा युवा मात्र नभइ १० वर्ष माथिका बालबालिका, महिला र भेट्रान्स नागरिकहरुको समेत सहभागिता रहेको थियो । साइकल परिक्रमा गरी गन्तव्यस्थलमा बारा राइडर्सका रामकुमार चौधरी र हरेराम आचार्य पहिला आइपुग्नुभएको थियो ।
1646123274595

उद्घाटन

साइकल र्‍याालीका लागि मधेश प्रदेशका सांसद सुन्दर विश्वकर्मा, सीता गुरुग, बीरगञ्ज महानगरपालिकाका प्रमुख विजय सरावगी, बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालले संयुक्त रुपमा रिवन काटेर उद्घाटन गर्नु भएको थियो ।1646123380399

औपचारिक कार्यक्रम

पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षक अधिकृत मनोजकुमार साहको
1646129714637

अध्यक्षतामा भएको कार्यक्रममा मधेष्श प्रदेशका सांसद सीता गुरुगले पानसमा वत्ती बालेर उद्घाटन गर्नुभएको थियो ।

1646123468884
कार्यक्रममा सिद्धी वक्स गणका प्रमुख सेनानि मुक्ति विक्रम शाहले उपस्थित सबैलाई स्वागत गर्नुभएको थियो ।

 

1646131907540

कार्यक्रमको सञ्चालन पर्सा राष्ट्रिय निकुञ्जका सहायक वन संरक्षक अधिकृत सन्तोषकुमार भगतले गर्नुभएको थियो ।
कार्यक्रमको संयोजन होटल तथा पर्यटन व्यवसायी मोहनशर्मा लामिछानेले गर्नुभएको थियो ।

1646123487243

कार्यक्रममा वीरगञ्ज महानगरका विजय सरावगी, नीजगढ नगरप्रमुख सुरेश खनाल, प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल, इलाका प्रशासन कार्यालय सिमराका मोहन अर्याल, विश्व साइकल यात्री पुस्कर शाह, फेकोफन मधेश प्रदेशका अध्यक्ष सोमप्रसाद शर्मा, डिभिजन वन कार्यलय बाराका प्रमुख मञ्जुर आलमलगायतको उपस्थिति रहेको थियो ।

 

1646123458143

संयुक्त आयोजना

पर्सा राष्ट्रिय निकुञ्ज, नेपाली सेना, जीतपुर सिमरा उपमहानगरपालिका, वीरगञ्ज महानगरपालिका, नीजगढ नगरपालिका, होटल तथा पर्यटन व्यवसयी महासँघ, बारा राइडर्सलगायतको संयुक्त आयोजनामा कार्यक्रम भएको हो ।

1646123418547

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु