२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

पर्सा राष्ट्रिय निकुञ्ज हाम्रो गहना होः मन्त्री महत्तो

२०७८ फागुन १७, मंगलबार मा प्रकाशित ( साल अघि) ५०२ पाठक संख्या

प्रदिप गौतम/अमलेखगञ्ज
मधेश प्रदेशका उद्योग, पर्यटन तथा वनमन्त्री सत्रुधन महत्तोले पर्सा राष्ट्रिय निकुञ्जलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।
DSC_0007

बाराको अमलेखगञ्जमा आज आयोजित फायर लाईन क्रस कन्ट्रि साईकलिङ्ग कार्यक्रममा बोल्दै मन्त्री महत्तोले यस्तो बताउनुभएको हो । पर्सा राष्ट्रिय निकुञ्ज मधेश प्रदेशकै एक मात्र निकुञ्ज भएका कारणले पनि यसको विकासमा प्रदेश सरकार गंभिर रहेको बताउनुभयो । सबै क्षेत्र र निकाय एक जुट भएर पर्यटन प्रवर्द्धनको अभियानमा लाग्नुपर्ने उहाले बताउनुभयो । बिभिन्न समयमा आयोजना हुने यस्ता कार्यक्रमले पर्यटन प्रवर्द्धन अभियानमा ठुलो भुमिका खेल्ने भन्दै उहाले पर्यटकीय गतिविधिलाई क्रमिक रुपमा अघि बढाउनुपर्ने बताउनुभयो । कार्यक्रममा बोल्दै सरकोरवालाहरुले मधेश प्रदेशको पहिचानको रुपमा पर्सा राष्ट्रिय निकुञ्जको विकासमा सबै पक्ष लाग्नुपर्ने बताएका छन् । कार्यक्रममा बोल्दै मधेश प्रदेशसका प्रदेशसभा सदस्य सुन्दर बहादुर बिश्वकर्माले तिनै तहको सरकार पर्यटन प्रवर्द्धनको अभियानमा लाग्नुपर्ने बताउनुभयो । कार्यक्रममा प्रदेशसभा सदस्य त्रिलोकी चौधरी, प्रदेशसभा सदस्य सिता गुरुङ, नेपाली सेनाका उपरथी बाबुराम श्रेष्ठ, बरिष्ठ पर्यटन व्यवसायी युवराज लामा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा नाटा प्रदेश नम्बर २ का अध्यक्ष मोहन शर्मा लामिछानेले स्वागत गर्नुभएको थियो । निजगढ नगरपालिकाका नगर प्रमुख सुरेश खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सञ्चारकर्मी सुनिल गाउलेले गर्नुभएको थियो । पर्सा राष्ट्रिय निकुञ्जलाई पर्यटकीय क्षेत्रको रुपमा विसका गर्ने उदेश्यका साथ आयोजित साईकलिङ कार्यक्रममा ३ सय बढी साईकल यात्री सहभागी थिए । पर्सा राष्ट्रिय निकुञ्जको कार्यालयबाट शुरु भएको साईकलिङ यात्रा हलखोरिया, चकरी हुदै अमलेखगञ्ज पुगेर सम्पन्न भएको थियो । कार्यक्रमपछि साईकल याक्रीहरुलाई कार्यत्रमका प्रमुख अतिथि मन्त्री महत्तोले प्रमाण पत्र प्रदान गर्नुभएको थियो । कार्यक्रममा बिभिन्न समुदायको झाकी समेत प्रस्तुत गरिएको छ ।
DSC_0026

मौलिक सस्कृती झल्किने पहिरनसहितको नृत्य कार्यक्रममा प्रस्तुत गरिएको सास्कृतीक संयोजक विकास पाण्डेले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु