२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

बुढ्यौली साहित्य समाजको प्रथम भेला सिमरामा सम्पन्न

२०७८ फागुन १८, बुधबार मा प्रकाशित ( साल अघि) ९०३ पाठक संख्या

रामप्रसाद पोखरेल
सिमरा, १७ फागुनः बुढ्यौली अशक्तता, विस्मृति र विलौनाको सागर मात्र होइन यो त विचार अनुभव र अनुभूतिको सगर पनि हो । आफ्नो अतीतलाई सम्झिएर वर्तमानमा केही गर्ने अवसर पनि हो त्यसैले जति बाँचिन्छ उर्जावान भएर बाँचौँ सन्तति र समाजकने लागि धेरै बाँचियो अब आफ्नो लागि केही गर्नको लाग बाँचौँ भन्ने भावनाका साथ बाराको सिमरामा बुढ्यौली साहित्य समाजको प्रथम भेला सम्पन्न भयो ।

1646169136731

साहित्यकार आर.सि.रिजालको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रमलाई साहित्यकार रमेश मोहन अधिकारीले सहजीकरण गर्नु भएको थियो । कार्यक्रममा साहित्यकार राजकुमार लामिछाने , सि.सा.स.का उपाध्यक्ष भोलाप्रसाद अधिकारी लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो । बुढ्यौलीका तितामिठा अभिव्यक्ति भएका रचना मात्र सुन्ने सनाउने यश कार्यक्रममा कवि रामप्रसाद पोखरेल, कवि मधुसुदन चौधरी, कवि आरसि रिजालले तत्सम्बन्धी कविता वाचन गर्नु भएको थियो । साहित्यकार सुशील मुडभरीले बुढ्यौली सम्बन्धि लेख र कवि प्रितम बास्तोलाले गयर बुढ्यौली कविता वाचन गर्नु भएको थियो । रामप्रसाद अधिकारीको संयोजकत्वमा ६ सदस्यीय तदर्थ समिति चयन गरिएयो । जसमा इसहाक हुसेन, मिरा परी, अप्सरा पुडासैनी, राम पराजुली र रामप्रसाद साह सदस्य रहनुभएको छ ।

1646169121279

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु