२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

दलीय सहमति नजुटेका कारण डुमरबाना कलेजको छैटौ कलेज सभा स्थगित

२०७८ फागुन २१, शनिबार मा प्रकाशित ( साल अघि) ५०५ पाठक संख्या

बिदुर खडका
डुमरवानाः बाराको डुमरबाना बहुमुखी कलेजको छैटौ कलेज सभा दलीय सहमति नजुटेको कारण स्थगित भएको छ ।
1646483834883

केहि दिनअघि संञ्चालक समितिको सहमतिमा नेकपा एमाले निकट अनिल मैनालीलाई अध्यक्ष पददिने सहमति भएपनि कलेजलाई निरन्तर समय र सहयोग गर्दै आएका तेजनारायण रायलाई अध्यक्ष पद दिनुपर्ने भन्दै अडान लिएपछि कलेजसभा स्थगित भएको हो । राय जसपा निकट हुन भने उनलाई माओवादीको पनि समर्थन रहेको छ । कलेजको भौतिक तथा पूर्वाधार निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको जसपाले अध्यक्ष पदको दाबी गरेपछि कार्यक्रम सफल हुन नसकेको हो । ।

रक्तदान कार्यक्रम
कलेज सभाको अवसरमा रक्तदान कार्यक्रम भने संम्पन्न भएको छ । कार्यक्रममा स्थानीय, शिक्षक विद्यार्थी गरी ५० जनाले रक्तदान गरेका थिए । रक्तदानदिनेहरुमा ४१ जनापुरुष र ९ जनामहिला रहेकाथिए । कार्यक्रममा बिरगंञ्ज रक्तसंञ्चार केन्द्र बिरगंञ्जको प्राबिधिक टोलीले रक्त संकलन गरेको हो ।,
कार्यक्रम स्थानीय जेष्ठ नागरिकद्धारा उदघाटन गरिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु