२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

सिमरा खानेपानीमा कासिम हुसेन चौथो पटक अध्यक्षमा विजयी

२०७८ फागुन २३, सोमबार मा प्रकाशित ( साल अघि) ४४२ पाठक संख्या

सिमरा, २२ फागुनः खानेपानी तथा सरसफाई उपभोक्ता समिति, सिमराको निर्वाचनमा कासिम हुसेन पुनः अध्यक्ष पदमा निर्वाचित भएका छन् ।

1646635596407

नेतृत्व चयनका लागि शनिवार भएको निर्वाचनमा हुसेन चौथो पटक अध्यक्षमा विजयी भएका हुन् । यसअघि १२ वर्ष खानेपानीको नेतृत्व सम्हालेका हुसेनले एक हजार तीन सय ३३ मत ल्याएर अध्यक्षपदमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी राजकुमार भट्टराईलाई पछि पारी उनी अध्यक्षपदमा विजयी भएका हुन् । त्यसैगरी उपाध्यक्षमा राजकुमार भट्टराई प्यानलका पूर्णचन्द्र तिमल्सेना विजयी भएका छन् ।
तिमिल्सिनाले एक हजार एक सय ८९ मत प्राप्त गरी उपाधयक्षमा विजयी हासिल गरेका हुन् । तिमिल्सिनाबाहेक अन्य सबै पदमा हुसेन नेतृत्वको उम्मेदवार विजयी भएका छन् । कार्यसमितिको सचिवमा जय किशोर राउत, सहसचिव सानुवाबु कुर्मी र कोषध्यक्षमा लोकराज पौडेल निर्वाचित भए का छन् । त्यसैगरी सदस्यहरुमा हुसेन नेतृत्वको प्यानलका प्रकाश बहादुर क्षेत्री, राजकुमार बर्तौला र निर्मला केसी, तोयानाथ लुईटेल, मुमनाथ शर्मा र शुभद्रा कुमारी विजयी भएको प्रमुख निर्वाचन अधिकृत मदनबहादुर क्षेत्रीले जानकारी दिए ।

उपभोक्ता परिचयपत्र नविकरण गराएका तीन हजार दुई सय २७ उपभोक्तामध्ये दुई हजार पाँच सय ३२ ले नेतृत्व चयनका लागि मतदान गरेका थिए । मतदान गरिएकोमध्ये केही मतपत्र बदर भएको थियो ।
निर्वाचन कमिटीले मतगणनाको अन्तिम मतपरिणाम सुनाएपछि एमाले र जनमोर्चाका नेताकार्यकर्ताले विजय जुलुस निकाल्दै खुशीयाली मनाएका थिए । चार पटकसम्म लगातार निर्वाचित हुसेनले आफूप्रति उपभोक्ताले गरेको विश्वासलाई सम्मान गर्दै खानेपानीको विकासका लागि सधै प्रतिबद्ध भएर काम गर्ने वचनवद्धता व्यक्त गरेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु