२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

घण्टिमाई साकोसद्वारा साताव्यापी सहकारी शिक्षा तालिमको आयोजना

२०७८ फागुन २७, शुक्रबार मा प्रकाशित ( साल अघि) ४७६ पाठक संख्या

सिमरा,२७ फागुनः बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं ४ को औराहामा रहेको घण्टीमाई वचत तथा ऋण सहकारी संस्थाले सहकारी शिक्षा अन्तरगत सातदिने तालिमको आयोजना गरेको छ । आज देखि सुरु भएको तालिमको उद्घाटन बारा जिल्ला वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सतेन्द्र ठाकुरले गर्नुभएको थियो ।

1646984019651

तालिममा ऋण शिक्षा, वित्तीय साक्षरता, सहकारी कानुन, व्यवसयिक साई तरकारी खेतीलगायतका विषयहरुमा सुसूचित गराइने बताइएको छ ।
संस्थाका अध्यक्ष कोपिला सिंखडाको सभाध्यक्षतामा भएको कार्यक्रममा नेफ्स्कुनका बृजेशकुमार गुप्ता, जीतपुरसिमरा उपमहानगरपालिका सहकारी शाखा प्रमुख दुर्गा न्यौपाने, अतिथिहरु राजेश राम, सञ्चारकर्मी विदुर खड्का लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष स्थानेश्वर शर्माले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको संञ्चालन भवन खडकाले गर्नुभएको थियो ।
तालिममा सेयर सदस्य तथा समूह सदस्य गरी करिव ७० जनाको सहभागिता रहेको छ ।

1646986060566

१४ करोड लगानीमा रहेको सहकारी संस्थामा १५ सय सदस्य रहेका छन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु