२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

जगदम्बा जीतपुरसिमरा गोल्डकप चैत १० गतेबाट सुरु, मुख्य प्रायोजक जगदम्बा स्टिल

२०७८ चैत्र ७, सोमबार मा प्रकाशित ( साल अघि) ६७९ पाठक संख्या

सीता अधिकारी
सिमरा, ७ चैतः आउँदो चैत १० गतेबाट सुरु हुने जीतपुर सिमरा गोल्डकप फुटबल प्रतियोगिताको मुख्य प्रायोजन जगदम्बा स्टिल रहने भएको छ । जगदम्बा स्टिल र आयोजक नव जनजागृती युवा क्लबबीच सोमबार मुख्य प्रायोजन सम्बन्धी सम्झौता भएपछि जगदम्बा स्टिल नै जीतपुर सिमरा गोल्डकपको मुख्य प्रायोजक बनेको हो ।
सम्झौतामा जगदम्बाकातर्फबाट जनसम्पर्क प्रबन्धक कृष्णदत्त भट्ट र क्लबका अध्यक्ष रामचन्द्र लामाले सम्झौता गर्नुभएको थियो ।

1647864035762

प्रतियोगिता बिहीबारेखि सिमरा रंगशालामा सुरु हुँदैछ । अघिल्लो संस्करणसम्म सह–प्रायोजकको भूमिका निर्वाह गर्दै आएको जगदम्बाले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै खेलकुदमा गरेको लगानी कम्पनीको ब्रान्ड प्रवर्द्धनका लागि सहयोगी बन्ने भएकाले मुख्य प्रायोजक बनेको जनसम्पर्क प्रबन्धक भट्टले बताउनुभयो ।
कार्यक्रममा ब्रोडकास्ट लाइभसम्बन्धी सम्झौता समेत भएको थियो । नव जनजागृति युवा क्ल्वका अध्यक्ष रामचन्द्र लामा र नेपाल स्पोर्ट प्रा.लिका अरनव जोशीले सम्झौता गर्नुभएको थियो ।
1647863976596

प्रेस संयोजक चयन

प्रेसमिट कार्यक्रममा खेल अवधिभर समाचार संकलनका लागि समाचारदाताहरुको संयोजन तथा समाचार लेखन तथा प्रचार प्रसारमा भूमिका निर्वाह गर्नका लागि पत्रकार दिवाकर भण्डारीलाई चयन गरिएको छ । यसैवीच खेलपत्रकारिताका क्षेत्रमा विशेष योगदान पुर्याएको भन्दै रेडियो सिमरामा कार्यरत( हाल सिआइएनमा कार्यरत) अभिनाश आचार्यलाई दोसल्ला ओढाएर सम्मान प्रदान गरिएको थियो ।

कार्यक्रममा उपस्थिति

रामचन्द्र लामाको अध्यक्षतामा भएको कार्यक्रममा खेलकुद पत्रकार मञ्चका सुनिल गाउँले , गोल्डकपका सल्लाहकार दिनेश राई, सुमित्रा कार्की, रेशम तिवारी, किशोर त्रिपाठी, सुमनकुमार भट्टराई, राजकुमार भट्टराई, राजकुमार लामा, निरु रायमाझी, भोलाप्रसाद अधिकारी, मोहन शर्मा लामिछाने, रमेश खरेल, सरोज भट्ट, समाजसेवी कमला घिमिरेलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण क्लवका महासचिव शम्भुसिंह ठकुरीले गर्नुभएको थियो ।

सहभागी टोली

सिमरा रंगशालामा चैत १९ गते सम्म चल्ने प्रतियोगितामा ए डिभिजनका ५ सहित १० टोलीको सहभागिता रहनेछ । साविक विजेता संकटा क्लबसहित ए डिभिजन लिगका अन्य क्लबहरुमा न्युरोड टिम (एनआरी), फ्रेन्डस क्लब, हिमालयन शेर्पा र एपिएफ छन् । आयोजक नव जनजागृती क्लबसँगै सुदूरपश्चिम ११ धनगढी, विजय युथ क्लब हेटौंडा, बागमती युवा क्लब सर्लाही, बिएफसी चितवनले पनि प्रतियोगितामा भाग लिएका छन् । विजेताले उपाधिसहित १० लाख र दोस्रो हुने टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । उद्घाटन खेल सुदूरपश्चिम ११ र फ्रेन्ड्स क्लबका बीचमा हुनेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु