२०८१ श्रावण ३, बिहिबार
नयाँ
पछिला अपडेट

हिंसा र बलत्कारका विरुद्ध सिमरामा विद्यार्थीहरुको स्वत:स्फूर्त प्रदर्शन

२०७८ चैत्र ९, बुधबार मा प्रकाशित ( साल अघि) ४२९ पाठक संख्या

सीता अधिकारी
सिमरा, ९ चैतः दिनहुँ हिंसा र बलत्कारका घटना बढ्दै गएको भन्दै आज सिमरामा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।
1648039401051

बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले कतै पनि सुरक्षाको प्रत्याभूति नभएकोले सुरक्षाको माग गर्दै प्रदर्शन गरेका हुन् । उनीहरुले वी वान्ट जस्टीस, बलत्कारीलाई फाँसी दे, चुरा लगाउने हातले छुरा चलाउनुपर्छ, राष्ट्रपति के हेर्दै, प्रधानमन्त्री के हेर्दै बलत्कारी देश घेर्दै जस्ता नारा लगाएका थिए ।
1648037467997

प्रदर्शनीपछि उनीहरुले मैनवत्ती प्रज्ज्वलनसमेत गरेका थिए । हिंसा र बलत्कारजस्ता घटनाहरु दिनप्रतिदिन बढ्दै गएकोले यस्ता घटना न्यूनीकरण गर्न सबैको पहल आवश्यक भएको र विद्यार्थीहरुले स्वतस्फूर्त यो प्रदर्शनी गरेको छात्रा रीतिका अधिकारीले बताइन् ।

1648039386433

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु