२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

बाजुराको मुक्तिकोट गाउँमा कुपोषणको भयावह रूप, खातुन केयर फाउन्डेसनद्वारा प्रोटिन वट्टा वितरण

२०७८ चैत्र १२, शनिबार मा प्रकाशित ( साल अघि) ७७३ पाठक संख्या

सिमरा, १२ चैतः बाजुराको मुक्तिकोट गाउँमा कुपोषणले भयावह रूप लिएको समाचार एक राष्ट्रिय दैनिकमा आएपछि खातुन केयर फाउन्डेसन कुपण्डोलले प्रोटिन वट्टा पठाएको छ

1648279513827

। सुदूरपश्चिम प्रदेश नं ७ मा पर्ने दुर्गम जिल्ला, बाजुराका विपन्न परिवारका बालबालिका कुपोषणको कारण मृत्यु हुने गरेको समाचार कान्तिपुर दैनिकमा

1648279533419

छापिएपछि फाउन्डेसनले प्रोटिन बटटा पठाएको हो । पहिलो खेपमा दुई सय पचास प्रोटिनका बट्टा सहयोग पठाइएको फाउन्डेसनका संयोजक तथा काँग्रेसका युवा नेता डा. अबुल हुसैन अन्सारीले बताउनुभयो ।

फाउन्डेसनका अध्यक्ष डा. इमराना खातुनका अनुसार बाजुराको मुक्तिकोट गाउँमा कुपोषणले भयावह रूप लिएको छ र त्यस क्षेत्रमा ९५ प्रतिशत बालबालिका तथा महिला कुपोषणको शिकार हुन पुगेका छन् । त्यस्तै दुईसय भन्दा बढी बालबालिका कुपोषणका कारण बिरामी तथा असार यता १५ बालबालिकाको मृत्यु समेत भइसकेकोले मानवीय सहायता स्वरूप तीनलाख रुपैंया बराबरको दुई सय पचास प्रोटिन बट्टा सहयोग गरिएको डा. खातुनको भनाइ छ ।।

मुक्तिकोट गाउँमा पोषणयुक्त खाना र स्वच्छ पिउने पानीको अभावमा मानिसहरू कुपोषित हुने गरेका छन् । यही कारणबाट प्रत्येक वर्ष सरदर ४८ बाल–बालिका, किशोर किशोरी र आमाहरूको कुपोषणकै कारण मृत्यु हुने गरेको छ । यो गाऊँ भौगोलिक रूपले बिकट तथा भिरालो ठाउँमा रहेकोले मौसमी खेतीपाती हुँदैन । स्थानीयले उक्त क्षेत्रमा खेतीका लागि कोसिस गरेपनि खडेरी तथा पहिरोका कारण उत्पादन शून्य बनाइदिएको छ ।

मुक्तिकोट गाउँका जनताको जीविकोपार्जनका लागि खाद्यान्न तथा शिशुहरूका लागि सर्वोत्तम पिठो, सेरेल्याक तथा ल्याक्टोजेन दुग्ध जस्ता सामाग्री सहयोग पठाइने फाउन्डेसनले योजना बनाएको जनाइएको छ । यस अघि खातुन केयरले देशका दुर्गम, तराई तथा पहाडी भेगमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन मार्फत विपन्न वर्गमा विभिन्न प्रकारका औषधि समेत निःशुल्क वितरण गर्दे आएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु