२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

इन्स महिला समितिद्वारा आयोजित विश्व महिला सशक्तीकरण सम्मेलनको पहिलो दिनको कार्यक्रम भव्य रुपमा सम्पन्न

२०७८ चैत्र १२, शनिबार मा प्रकाशित ( साल अघि) १२२६ पाठक संख्या

सीता अधिकारी
बारा, १२ चैतः इन्स महिला समितिले आयोजना गरेको विश्व महिला सशक्तीकरण सम्मेलनको पहिलो दिनको कार्यक्रम भव्यरुपमा सम्पन्न भएको छ । ११२ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर आयोजना गरिएको कार्यक्रमको पहिलो दिन महिला सशक्तीकरणका रचना वाचन गर्दै सम्पन्न भएको हो ।
1648311841583

कार्यक्रमका प्रमुख अतिथि महिला सशक्तीकरणका अभियन्ता ९२ वर्षर्यीा भद्रा कुमारी घलेले सबै महिलाहरुप्रति आर्शिवाद प्रदान गर्दै शुभकामना व्यक्त गर्नुभयो । उहाँले सबैलाई केही न केही नयाँ कार्य गर्नुपर्छ भन्ने सुझाव पनि दिनुभयो । उहाँले आफैँलाई उदाहरण दिँदै आगामी बैशाख १९ गते आफ्नो १५१ वटा पुस्तक एकैचोटी १ सय ५१ जना महिलाले संयुक्त रुपमा विमोचन गर्ने कार्यक्रम रहेको बताउनुभयो । उहाँले अहिले पनि दैनिक रुपमा भजन, कविता र निबन्ध लेखिरहने जानकारी गराउनुभयो । ५ पटक माननीय अर्थात राष्ट्रिय पञ्चायतको सदस्य र १ पटक राज्यमन्त्री बनिसक्नुभएकी उहाँ महिला सशक्तीकरण,साहित्य, चिक्रकला र समाजसेवामा सत्रिय रहनुभएको छ ।

1648311864095
कार्यक्रमको पहिलो सत्रमा कार्यक्रममा रचना वाचनको सेसन इन्स महिला समितिका वरिष्ठ उपाध्यक्ष उर्मिला निदोर्षीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । रचना वाचन कायृक्रममा सकुन ज्ञवाली, कल्पना तामांग, सोम अनुराग, डा. लेह , तारा अधिकारी, शुभलक्ष्मी कोइराला, डा.बारबारा, लिली अधिकारी, प्रो. डा.चारु शर्मा, गंगा भण्डारी , बिबि याख्या, बिन्दु त्रिपाठी, माधव रेग्मी, प्रतिमा केसी लगायतले आ आफ्ना रचना वाचन गर्नुभएको थियो ।
कार्यक्रमको दोस्रो सत्रमा नेपाली साहित्यका मुर्धन्य साहित्यकार प्रा. डा कविता लामाले साहित्य सिर्जना, जीविकापार्जन र महिला सशक्तीकरणका सन्दर्भमा आफ्ना भनाइ राख्नुभएको थियो । उहाँले महिला सशक्तीकरणका सम्बन्धमा उहाँले महिलालाई दोस्रो दर्जाको नागरिकको रुपमा हेरिने, स्वतन्क्रताको हक, अवसरबाट वञ्चित गराइने जस्ता कारणले गर्दा महिला अघि बढ्न नसकेकै कारण महिला सशत्तीकरणको आवश्यकता भएको बताउनुभयो ।
इन्स महिला समितिका अध्यक्ष डा. रेनुका सोलुको सभाध्यक्षतामा भएको भर्चुवल कार्यक्रममा इन्स केन्द्रिय अध्यक्ष अर्जुन घिमिरे, महासचिव अर्जुन श्री, महिला समिति उपाध्यक्ष नितु खतिवडा, सचिव सुप्रिया घिमिरे, इन्स भाषा तथा साहित्य समितिका अध्यक्ष डा. जानुका पौडेल नेपाल, प्रा. डा. चारु शर्मा, इन्स महिला समिति उपाध्यक्ष नजबुल खानको विशेष उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण इन्स महिला समितिका महासचिव सुभद्रा भण्डारीले गर्नुभएको थियो । इन्सका केन्द्रीय महासचिव अर्जुन श्रीले प्रविधि संयोजन गर्नुभएको कार्यक्रममा बालकलाकार निहारिका खड्काले स्वागत नृत्य प्रस्तुत गर्नुभएको थियो ।
1648311853989

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु