२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

इन्सको महिला समितिद्धारा आयोजित दुई दिवसीय विश्व महिला सशक्तीकरण सम्मेलन महिला स्वास्थ्यजस्तो महत्वपूर्ण विषयमा छलफल गर्दै सम्पन्न

२०७८ चैत्र १४, सोमबार मा प्रकाशित ( साल अघि) ६८७ पाठक संख्या

सिमरा, १३ चैतःअन्तर्राष्ट्रिय नेपाली समाजको महिला समितिद्धारा आयोजित दुई दिवसीय विश्व महिला सशक्तीकरण सम्मेलन कार्यक्रम महिला स्वास्थ्यजस्तो महत्वपूर्ण विषयमा छलफल गर्दै सन्देश सम्पन्न भएको छ ।
1648413420609

११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा भर्चुअल माध्यमबाट भएको विश्व महिला सशक्तिकरण सम्मेलनको दुई दिवसीय कार्यक्रम आइतबार पनि विभिन्न कार्यक्रम गरेर सम्पन्न झएको हो ।
कार्यक्रममा विशेष वत्ताको रुपमा रहेकी कीर्तिपुर अस्पतालकी स्वास्थ्य सेवा निर्देशक डा. निजिना ताम्राकारले महिला स्वास्थ्यबारे प्रस्तुति दिएकी थियो । डा. ताम्राकारले ४० वर्षपछि महिलाहरुमा हुने हार्मोनको परिवर्तन एवम् महिनावारी रोकिने मेनोपजका बारेमा कार्यपत्र प्रस्तुत गरेकी थियो उहाले महिलाले परिवारका अन्य सदस्यहरुको हेरचाह गर्ने तर आफ्नो ख्याल गर्न नपाउने वा नभ्याउने कुरालाई ध्यानमा राख्नुपर्ने बताउनुभयो ।आफैँप्रति गर्व गर्नुपर्नेमा जोड दिदै उहाँले विशेष गरी ४० वर्ष पुग्नु अघिदेखि नै आफ्नो खाना, जीवनशैली र शारीरिक व्यायामको विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
महिलाहरुमा आमा बनिसकेपछि तौल बढ्ने समस्या आउने र त्यसले आफ्नो ६० वर्षपछिको जीवन पीडादायी हुनेतर्फ सचेत हुनुपर्ने डा. ताम्राकारले औँल्याउनुभयो । मानिसको शरीरमा हुने खुशीका हार्मोनहरुका बारेमा समेत चर्चा गर्दै महिलाहरुले उमेर बढेसँगै ति हार्मोनहरुको सन्तुलनका लागि पनि बेलैमा सचेत भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।त्यसैगरी, महिलामा हुने एस्ट्रोजेन हार्मोनको कमीले आउने समस्याहरुको चर्चा गर्दै समाधानको उपायबारे डा. निजिनाले अवगत गराउनुभएको थियो ।
1648413889225

त्यसैगरी, महिला अभियन्ता एवम् इन्स महिला समितिकी उपाध्यक्ष नजबुल खानले महिलाहरु अघि बढ्नका लागि साथ सहयोग र हौसला आवश्यक हुने बताउनुभयो ।इन्स राष्ट्रिय समितिको तर्फबाट प्रतिनिधित्व गर्दै युएइका राष्ट्रिय अध्यक्ष मेघ प्रसाद धमलाले विश्वभरी र नेपालमा नेपालमा महिलाहरुको संख्यात्मक उपस्थितिको बारेमा चर्चा गर्नुभएको थियो ।त्यस्तै, इन्स भाषा साहित्य समितिकी अध्यक्ष डा. जानुका पौडेल नेपालले नेपालमा नेपालमा महिलाको अवस्थालाई चित्रित गर्ने कविता वाचन गर्नुझएको थियो ।

1648413872152
कार्यक्रममा वौद्धिक व्यत्तित्व डा. श्रीराम उपाध्यायले आफूले पोखरामा गरेको अध्ययनबारे प्रकाश पार्दै महिला र पुरुषबीचको नेपालमा भएको विभेद चर्चा गरेका थिए ।त्यसैगरी, कार्यक्रमलाई थप रोचक बनाउन अस्ट्रियाबाट हजुरी शाह कडेल तथा बालिका नेहारिका खड्काले गीत प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा शुझकामना मन्तव्य राख्दै इन्सका केन्द्रीय अध्यक्ष अर्जुन घिमिरेले यस्ता महिला सशक्तिकरणका लागि यस्ता कार्यत्रमहरुले विशेष भूमिका निर्वाह गर्ने बताउनुभयो ।
1648414220156
त्यसैगरी, इन्स केन्द्रीय समितिकी वरिष्ठ उपाध्यक्ष, साहित्यकार एवम् वरिष्ठ अधिवक्ता उर्मिला निर्दोषीले कार्यक्रममा अन्तर्राष्ट्रियस्तरमा ख्याति प्राप्त अतिथिहरुलाई आमन्त्रण गर्न विशेष भूमिका खेलेको तथा पहिलो दिनको अंग्रेजी कार्यक्रमको सत्र सञ्चालन गरिदिएकोमा अध्यक्ष घिमिरेले विशेष आभार प्रकट गर्नुभयो ।

सम्मेलनको अध्यक्षता गर्नुभएकी इन्स महिला समितिकी अध्यक्ष डा. रेनुका सोलुले कार्यक्रममा आफ्नो प्रस्तुति दिने अतिथिहरु प्रति आभार व्यक्त गर्नुभयो । विशेषगरी महिला स्वास्थ्यका लागि निम्ति भएको प्रस्तुतीले ठूलो भूमिका खेल्ने बताउँदै उहाले डा. ताम्राकारप्रति धन्यवाद ज्ञापन गर्नुभयो । त्यस्तै, कार्यक्रम सफल बनाउन भूमिका खेल्नेप्रति पनि उहाले आभार प्रकट गर्नुभयो ।
1648409856404

सम्मेलनलाई इन्स महिला समितिकी महासचिव शुभद्रा भण्डारीले सञ्चालन गरी सहजीकरण गर्नुभएको थियो । दोस्रो दिनको रचना वाचन विशेष कार्यक्रमको सुप्रिया घिमिरेको सहजीकरण रहेकाो थियो ।
कार्यक्रममा विश्वभरबाट इन्सका विभिन्न समितिका पदाधिकारीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रमलाई इन्सको आधिकारिक फेसबुक पेज तथा ग्रुपबाट समेत लाइभ प्रस्तुत गरिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु