२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

अनलाइन बेस्ड राजस्व भुक्तानी प्रणाली सुरु गर्ने नीजगढ नगरपलिका बारा जिल्लाकै पहिलो स्थानीय निकाय

२०७८ चैत्र १४, सोमबार मा प्रकाशित ( साल अघि) ८५७ पाठक संख्या

सीता अधिकारी
सिमरा १४ चेैत:अनलाइन बेस्ड राजस्व भुक्तानी प्रणाली सुरु गर्नेृ नीजगढ नगरपलिका बारा जिल्लाकै पहिलो स्थानीय निकाय बनेको छ ।

FB_IMG_1648460622340

निजगढ नगरपालिकाले सेवाग्राहीलाई अव घरबाटै राजस्व तिर्न अनलाइन सुविधा उपलब्ध गराएको हो । निजगढ नगरपालिकाका प्रमुख सुरेश कुमार खनालद्वारा स्मार्ट सिटीको अवधारणा अन्तर्गत् यस नगरपालिकाको सेवाग्राहीहरूको सहजताका लागि अनलाइन मार्फत् जहाँसुकैबाट राजस्व तिर्न सक्ने बताउनुभयो । निजगढ नगरपालिका, नगर कार्यपालिकाको कार्यालय तथा सो मातहतका वडा कार्यालयहरूमा क्यूआर कोडसहित स्मार्ट सेवाको रूपमा लागू गरिएको अनलाइन बेस्ड राजस्व भुक्तानी प्रणालीको आज औपचारिक रूपमा शुभारम्भ समेत गरिएको छ ।

FB_IMG_1648460616336

यस्तो प्रणाली लागू गर्ने निजगढ नगरपालिका बारा जिल्लामा नै पहिलो, मधेश प्रदेशमा ७ औं र नेपाल भर ४४ औं स्थानीय तहमा पर्दछ। उक्त शुभारम्भ समारोहमा अनलाइन बेस्ड राजस्व भुक्तानी प्रणाली सम्बन्धी हालै सम्पन्न ३ दिने प्रशिक्षण कोर्स पूरा गर्नुहुने निजगढ नगरपालिका, नगर कार्यपालिकाको कार्यालयको सूचना प्रविधि अधिकृत, राजस्व उपशाखाका कर्मचारीहरू लगायत निजगढ नगरपालिकाका विभिन्न वडा कार्यालयहरूका वडा सचिवहरूलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु