२०८१ श्रावण ४, शुक्रबार
नयाँ
पछिला अपडेट

रुसले युक्रेनमाथि गरेको मानवताविरोधी गतिविधिको शान्ति समाज बाराद्वारा भर्त्सना

२०७८ चैत्र १४, सोमबार मा प्रकाशित ( साल अघि) ७४२ पाठक संख्या

सिमरा १४ चैतः रुसले युक्रेनमाथि गरेको आक्रमणको विरोध तथा भर्त्सना गर्दै सोमबार मानव अधिकार तथा शान्ति समाज बारा शाखाले शान्तिपूर्ण प्रदर्शन गरेको छ ।
1648471679513

जीतपुर सिमरा उपमहानगरपालिका वडा नं २ स्थित सिमरा चोकमा शान्तिपूर्ण प्रदर्शन गरेको हो । युक्रेनमा भएको युद्ध मानवताविरोधी युद्ध भएको र यसले युक्रेनी जनतामाथि अत्याचार गरेको भन्दै रुसलाई युद्ध रोकी शान्ति वार्तामा वस्न समेत आग्रह गरेको छ । शान्ति समाज बाराले युद्धमा ज्यान गुमाएका युक्रेनी नागरिकको आत्माको शान्तिको कामना गर्दै मैनबत्ती प्रज्वलनसमेत गरेको थियो । कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका कार्यपालिका सदस्य शोभा कार्की, मानव अधिकार तथा शान्ति समाजका बारा शाखाका सभापति सिर्जना गिरी, उपसभापति इन्द्रप्रसाद खनाल, सचिव लक्ष्मण साह,पूर्व केन्द्रीय कोषाध्यक्ष हरि थपलिया, पूर्व केन्द्रीय सदस्य सीता अधिकारी, पूर्व केन्द्रीय सदस्य क्षमादेवी अधिकारी, शाखाका पूर्व उपसभापति पुष्पराज खतिवडा, सदस्य निराजन थापा, सदसय रेखम खत्री, कमला वस्ती लगायत अन्य अधिकारकर्मीहरुको उपस्थिति रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु