२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

जगदम्बा १२औं जीतपुरसिमरा गोल्डकपको फाइनलमा न्युरोड टिम (एनआरटी) प्रवेश

२०७८ चैत्र १७, बिहिबार मा प्रकाशित ( साल अघि) ४२६ पाठक संख्या

सीता अधिकारी
सिमरा, १६ चैतः सिमरामा जारी जगदम्बा १२औं जीतपुरसिमरा गोल्डकपको फाइनलमा न्युरोड टिम (एनआरटी) प्रवेश गरेको छ । बाराको सिमरा रंगशालामा बुधवार भएको पहिलो सेमिफाईनल खेलमा एनआरटीले आयोजक नव जनजागृति युवा क्लबलाई ३–२ ले हराउँदै फाइनलमा प्रवेश गरेको हो ।

1648673299899
घरेलु मैदानमा आयोजकलाई रोक्दै अन्तिम दुईमा स्थान सुरक्षित गर्ने क्रममा एनआरटीका लागि स्टेफन समिरले एक्लैले दुई गोल गरे भने मेसुके ओलोमाईले एक गोल थपेका थिए । आयोजकका लागि आयुश घलान र एलन थापाले एक–एक गोल फर्काएपनि जीत हात पार्न असफल भए ।
पाचौं संस्करणको बिजेता समेत रहेको आयोजक एनआरटीसंग पराजित भएसंगै जीतपुरसिमरा गोल्डकपको उपाधी नयाँ टिमले जित्ने निश्चित भएको छ । आयोजकसंगै यसअघि जीतपुरसिमरा गोल्डकपको उपाधी उचालेका अन्य तीन टिम प्रतियोगिताबाट बाहिरिएका छन् । संकटा, हिमालयन शेर्पा र बिजय युथले यसअघि गोल्डकपको उपाधी उचालेको थियो ।सुदूरपश्चिम ११ लाई पराजित गर्दै सेमिफाईन प्रवेश गरेको आयोजकले खेलको सुरुवातमा एनआरटीविरुद्ध केही अवसर बनाएपनि सदुपयोग गर्न नसक्दा पराजित हुन पुगेको हो ।खेलको १२औं मिनेटमा आयोजकका मोहित गुरुङले डिबक्स भित्र पाएको उत्कृष्ट अवसर गुमाए । डोना थापाले मिलाएको पासलाई मोहितले सदुपयोग गर्न सकेनन् । उनको फितलो प्रहारलाई एनआरटीका गोलरक्षक प्रदीप भण्डारीले सहजै बचाउ गरेका थिए । घरेलु दर्शकको समर्थन पाएको आयोजकले खेलको २०औं मिनेटमा अर्को अवसर गुमायो । आयुश घलानले बनाएको आकर्षक अवसरलाई मोहितले पुनः खेर फाले । उनको प्रहार पनि एनआरटीका गोलरक्षक प्रदीपले बचाउ गरे । बलियो एनआरटीविरुद्ध मैदानमा उत्रिएको आयोजकले पहिलो हाफमा बनाएको केही अवसर चुकाउन पुग्दा घरेलु दर्शक निराश देखिन्थे ।बिजय युथलाई पराजित गर्दै सेमिफाईनलको यात्रा तय गरेको एनआरटीले आयोजकविरुद्ध पहिलो हाफको ३१औं मिनेटमा गोलको खाता खोलेको थियो । एनआरटीका रन्जन बिष्टले मिलाएको पासलाई सदुपयोग गर्दै स्टेफन समिरले टिमलाई अग्रता दिलाएका हुन् । उनको प्रहारलाई आयोजकका गोलरक्षक सन्तोष महतले बचाउ गर्न सकेनन् ।खेलमा अग्रता लिएपछि एनआरटी पहिलो हाफमा आयोजकमाथी हावी देखियो । आयोजकलाई खासै अवसर बनाउन नदिएको एनआरटीले दोस्रो हाफको सुरुवातमा भने बराबरी गोल खान पुग्यो । खेलको ६५औं मिनेटमा आयुश घलानले गोल गर्दै खेल १–१ को स्थितीमा पुर्‍याए । मोहित गुरु»को क्रसलाई हेडमार्फत गोल गर्दै आयुशले घरेलु टोलीलाई खेलमा फर्काएका थिए ।आयोजकको बराबरी गोलपछि प्रतिस्पर्धात्मक बन्न पुगेको खेलको ८५ र ८७औं मिनेटमा एनआरटीले दुई गोल थप्दै खेल आफ्नो नियन्त्रणमा लिन पुग्यो । विपक्षी रक्षापंक्तीको कमजोरीको फाईदा उठाउदै मेसुकेले गोल गरे । डिबक्स भिक्रबाट मेसुकेले गरेको सशत्त प्रहारले सिधै जाली चुम्यो । लगत्तै स्टेफन समिरले अर्को गोल थप्दै खेल ३–१ को स्थितीमा पुर्‍याए ।
खेलको अन्तिम समयमा ३–१ ले पछि परेपछि निराश आयोजकले खेलेको अन्तिम समयमा गोल गर्दै फराकिलो हार टारेको थियो । निर्धारित समय सकिएपछि थपिएको पाँच मिनेट ईन्जुरी समयमा आयोजकका लागि एलन थापाले गोल गरेका थिए ।इन्जुरी समयमा आयोजक टोली दस खेलाडीमा सिमिति भएको थियो । आयोजकबाट खेलेका डोना थापाले इन्जुरी समयमा रातो कार्ड खाएका थिए । विवाद गरेको भन्दै रेफ्री नविन्द्र महर्जनले डोनालाई रातो कार्ड देखाएका थिए ।आयोजकविरुद्ध महत्वपूर्ण जित हात पारेको एनआरटीका स्टेफन समिर खेलको म्यान अफ दि म्याच घोषित भए । उनले पाँच हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।

1648668246618

प्रतियोगिता अन्तर्गत विहिवार सशस्त्र प्रहरीको नेपाल एपिएफ क्लब र सर्लाहीको बाग्मती युवा क्लबबीच दोस्रो सेमिफाईनल खेल हुनेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु