२०८१ मंसिर ९, आईतबार
नयाँ
पछिला अपडेट

अपेक्षा गरेअनुसार विकासको उपलब्धि हासिल गर्न नसकेको नगरप्रमुख पौडेलको स्वीकारोत्ति, सुन्दर, नमुनायोग्य र स्वच्छतामा आधारित भएर अगाडि बढ्ने धारणा

२०७८ चैत्र २०, आईतबार मा प्रकाशित ( साल अघि) ७७९ पाठक संख्या

सीता अधिकारी
सिमरा, २० चैतः जीतपुर सिमरा उपमहानगरपालिकाका प्रमुख डा. कृष्ण पौडेलले अपेक्षा गरेअनुसारको विकासको उपलब्धि हासिल गर्न नसकेको स्वीकारोक्ति व्यक्त गर्नुभएको छ
नेपाल पत्रकार महासँघ बाराको आयोजनामा सञ्चालित तीनदिने विकास र पर्यटन पत्रकारिता तालिम कार्यक्रमको उद्घाटन गर्दै नगरप्रमुख पौडेलले अपेक्षाकृत रुपमा विकासले गति लिन नसकेको स्वीकारोक्ति व्यक्त गर्नुभएको हो । उहाँले विकासको गतिमा सन्तोष गर्न सक्ने अवस्था नभएको बताउनुभयो ।

1648984717583
नगरप्रमुख पौडेलले जीतपुरसिमरा बारा, पर्सा र रौतहटको संगमस्थल भएकोले यस क्षेत्रलाई विकास र पर्यटनले सुन्दर, नमुनायोग्य र स्वच्छतामा आधारित भएर अगाडि बढाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा संविधान सभासदस्य शोभाकर पराजुलीले विकास र पर्यटनका लागि पत्रकारिताको महतवपूर्ण भूमिका हुने बताउनुभयो ।त्यसैगरी वरिष्ठ पत्रकार धर्मेन्द्र झाले सञ्चार माध्यमले जहिले पनि स्थानीय सीप, कला, विज्ञता, विषयवस्तु र मुद्धालाई अन्तराष्ट्रियकरण तथा भूमण्डलीकरण गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
1648984732736

कार्यक्रममा डिभिजन वन कार्यालय बाराका प्रमुख मन्जुर अहमदले पर्यटनसँग जोडिएर समाचार लेख्नाले विकासको समृद्धिको बाटो जोड्न सकिने, जैविकता र वातावरण संरक्षणका लागि टेवा पुग्ने बताउनुभयो ।

1648984401577
जीतपुर सिमरा उपमहानगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित कार्यक्रमको उद्घाटन समारोहमा नेकपा एमालेका नगर संयोजक भोला अधिकारी, नेपाली काँग्रेसका नगर सभापति छवी शर्मा, नेकपा माओवादकिा नगर अध्यक्ष प्रेम बराल, नेपाल पत्रकार महासँघ बाराका निवर्तमान अध्यक्ष कमल उपाध्याय, पूर्व अध्यक्ष गुरुप्रसाद गौतम, प्रेस चौतारीका मधेष प्रदेशका उपाध्यक्ष अनिल तिवारी, प्रेस चौतारी बाराका अध्यक्ष दीवाकर भण्डारीलगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । नेपाल पत्रकार महासँघ बाराका अध्यक्ष रेशम तिवारीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा सहसचिव रञ्जन यादवले स्वागत मन्तव्य राख्नुभएको थियो भने सचिव अनिल गौरवको सञ्चालन रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु