२०८१ श्रावण ८, मंगलबार
नयाँ
पछिला अपडेट

सवारी दुर्घटनामा एकको मृत्यु

२०७८ चैत्र २८, सोमबार मा प्रकाशित ( साल अघि) ५४५ पाठक संख्या

सीता अधिकारी
सिमरा, २८ चैतः पथलैया वीरगञ्ज औधोगिक करिडोरमा आज सवारी दुर्घटना हुँदा एक जनाको मृत्युभएको छ । जीतपुरबाट सिमरातर्फ आउँदै गरेको ना.५ख ७५०७ नं को ट्रकले सोही दिशाबाटआउँदै गरेको प्रदेश २ –०३–०१४ प.१३६२ नं को स्कुटीलाई बाराको जीतपुरसिमरा ३ वजनीस्थित सिप्रदी ट्रेडिङनजिकै ठक्कर दिँदा स्कुटीमा सवार जीतपुर सिमरा ७ निवासी ६० वर्षीय कन्हैयाबहादुर क्षेत्रीको मृत्युभएको हो ।
टाउको, मुख र खुट्टामा गम्भिर चोट लागेका निजलाई अल्पाइन अस्पतालमा सामान्य उपचारपछि थप उपचाका लागि वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा पठाइएकोमा उपचारकै क्रममा मृत्युभएको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रकचालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यलय बाराका प्रहरी प्रवक्ता राजेश थापाले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु