२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

चाँदी जस्तो देखिने धातुको गहनासहित बाराको पचरौताबाट एक भारतीय पक्राउ

२०७९ बैशाख ३, शनिबार मा प्रकाशित ( साल अघि) ५०२ पाठक संख्या

सिमरा, ३ बैशाखः चाँदी जस्तो देखिने धातुको गहना सहित सशस्त्र प्रहरीले बाराको पचरौताबाट एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पचरौता नगरपालिका वडा नं ६को पकडीया ईलाकाबाट सशस्त्र प्रहरीले एक हजार २ सय ग्राम चाँदीजस्तो देखिने धातुका गहनासहित भारतीय नागरिक मोतिहारी झुनझुउवा (झाँजरा) ग्राम पञ्चायत ३ बडहरवा २८ वर्षीय शैलेस साहलाई पक्राउ गरेको हो । सिमा इलाकामा बीओपी बेनौलीका सई लिनबहादुर ठाडाको कमाण्डमा रहेको टोलीले चेकजाँजका क्रममा निजलाई पक्राउ गरेको जनाइएको छ निजको साथबाट बीआर ०५ एबी १९६६ नं कको मोटरसाइकल समेत बरामद गरिएको छ । । पक्राउपछि भारतीय नागरिकलाई जिल्ला प्रहरी कार्यालय पठाइएको र धातुका गहना भन्सार बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु