२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

जीतपुर सिमराको विकास र सामाजिक रूपान्तरणको लागि गीताकुमारी शर्मा

२०७९ बैशाख ८, बिहिबार मा प्रकाशित ( साल अघि) १५६७ पाठक संख्या

समृद्ध जीतपुरसिमरा उपमहानगरपालिका निर्माणका लागि युवाको दावेदारी भन्ने नाराका साथ जीतपुरसिमरा उपमहानगरपालिकाको उपमेयर पदमा आकाँक्षी देखिएका १३ युवाको नाम नगर काँग्रेस कमिटिले सिफारिस गरेको छ । आकाँक्षी १३ जनाले आफूलाई अब्बल दावी गरिरहेका छन् । नेपाली काँग्रेसको केन्द्रीय समितिले गठबन्धनीय तालमेललाई प्राथमिकता दिँदै केन्द्रीय समितिको निर्णय सार्वजनिक गरिसकेको छ । हामीले जीतपुर सिमरा उपमहानगरपालिकामा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवारको आकाँक्षी बनेका युवासँग उनीहरुले गरेका राजनीतिक संघर्षका बारे प्रकाशन गर्दै जाने निर्णय गरेका छौँ : यसै क्रममा उपमेयरका लागि सिफारिस भएका व्यक्ति मध्येका एक गीता शर्माका बारे आजको प्रस्तुति रहेको छ :

को हुन् गीताकुमारी शर्मा ?
वि. सं २०३३ मा गुल्मी जिल्लाको खड्गकोटमा बुवा टंकराज ढकाल र आमा अमृता ढकालको पहिलो सन्तानको रूपमा जन्मिएकी गीता शर्मा सानैदेखि काममा दत्तचित्त भएर लाग्ने व्यक्तिको रुपमा चिनिन्छिन् । गुल्मीमा जन्म भएपनि उनको परिवार बारा जिल्लामा बसाइँ सरी आएपछि उनको शिक्षा, दीक्षा बाराको सिमरास्थित श्री नेपाल राष्ट्रिय माध्यामिक विद्यालय सिमराबाट सुरु भयो र त्यसैबाट शर्माले वि. सं २०५१ सालमा एस.एल.सी. पास गरीन् । विद्यालयमा अनुशासित, क्रियाशील र नेतृत्व लिनसक्ने छात्राका रुपमा परिचित रहेकी उनी ठाकुरराम बहुमुखी क्याम्पसबाट आई.एड. बी.एड. उत्तीर्ण गरेकी छन् । हाल आएर शैक्षिक योजना र व्यवस्थापन बिषयमा स्नात्तकोत्तर गर्दै छिन् । सिक्ने, सिकाउने र अध्ययन गर्ने कुरालाई उमेरले छेक्दैन भन्ने उनी समाजमा परिवर्तन ल्याउन सर्वप्रथम त आफू शिक्षित हुनुपर्छ भन्ने मान्यता बोकेकी गिता शर्मा आफ्नो जीवनकालको १० बर्ष शिक्षिका रुपमा शिक्षण पेसामा काम गरी विद्यार्थी तथा अभिभावकको मन जित्न समेत सफल भएकी छन् ।
उनी नेपाली समाज र नेपाली राजनीति मात्र होइन । उनले ट्रेनिङ भिसामा साउथ कोरिया पुगेर त्यहाँको राजनीतिक अवस्था, साँस्कृतिक अवस्थालाई समेत नजिकबाट नियालेकी छिन् । शर्माले विकसित राष्ट्रमा देश बिकास र समाज परिवर्तन कसरी हुँदो रहेछ भन्ने कुराको आफूमा अनुभव भएको बताएकी छन् ।
विगत १५ बर्षदेखि निरन्तर विभिन्न संघ संस्थाहरुमा आवद्ध भएर सामाजिक अभियान्ताको रुपमा काम गर्दै आएकी उनी नेपाली कांग्रेसको क्रियाशिल सदस्य भएर पार्टीको विभिन्न कार्यक्रममा अग्रपंक्तिमा रहेर काम गरिहेको बताउँछिन् । वि. सं २०७४ को स्थानीय चुनाव अघि वडा नागरिक मञ्चको संयोजकको रुपमा रहेर प्रत्यक्ष जनतासामु काम गरिसकेकी छन् ।

उपमेयरको दावेदारी किन ?

प्रष्टवक्ता गीता शर्माले जीतपुर सिमरा उपमहानगरपालिकाको विकास र सामाजिक रूपान्तरणको लागि आफू उपप्रमुखको आकांक्षी भएको बताएकी छन् । नगरमा सुशासन, पारदर्शिता कायम गर्न आफू सक्षम हुने उनले दावी गरेकी छन् । नगरको विकास महिलामैत्री, जनजातिमैत्री, दलितमैत्री, अपांगमैत्री बनाइ जेष्ठनागरिक, बालबालिका र पिछडिएका वर्गको हितको लागि आफ्नो उपमेयरको दावी रहेको गीता शर्माले बताएकी छन् ।
प्रस्तुतिः सीता अधिकारी

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३३%२२%२%२%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु