२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

एन्फा मातहतको बारा फुटबल सँघमा लामा सर्वसम्मत अध्यक्ष पदमा निर्वाचित

२०७९ बैशाख ८, बिहिबार मा प्रकाशित ( साल अघि) ३९९ पाठक संख्या

सिमरा, ८ बैशाखःअखिल नेपाल फूटवल संघ (एन्फा) मातहत रहेको जिल्ला फूटवल संघ बाराको अध्यक्षमा रामचन्द्र लामा चयन हुनु भएको छ । संघको विहिवार कलैयामा सम्पन्न छैठौं अधिवेशनले लामाको नेतृत्वमा १८ सदस्यीय जिल्ला समिति चयन गरेको हो । लामा जीतपुरसिमरा गोल्डकप आयोजक नव जनजागृति युवा क्लबको अध्यक्ष र जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १ मा निर्वाचित वडासदस्य हुनुहुन्छ । अधिवेशनले लामालाई सर्वसम्मत् नेतृत्वमा चयन गरेको हो ।
लामाको नेतृत्वमा गठित समितिको बरिष्ठ उपाध्यक्षमा राजकिशोर धामी चयन हुनु भएको छ भने उपाध्यक्षको जिम्मेवारीमा खुशी चौधरी र घनश्याम चौधरीलाई चयन गरिएको छ । अधिवेशनले जिल्ला समितिको महासचिवमा उदय श्रेष्ठ, सचिव विनोद प्रसाद साह र कोषाध्यक्ष विनोद गुप्तालाई सर्वसम्मत् चयन गरेको छ ।
यसैगरी जिल्ला कार्यसमिति सदस्यमा महमद समिउल्लाह, कृष्णमणी चौधरी, दुर्गाबहादुर थापा, शम्भुसिंह ठकुरी, सन्तबहादुर वाईवा, मनोजकुमार जयसवाल, भोलाप्रसाद ढुंगाना, दीपेन्द्र लामा मोक्तान, निरज कुमर, दीपलाल प्रसाद साह, सोममाया रुम्बालाई चयन गरिएको छ ।अधिवेशनले अध्यक्ष लामा र समिउल्लाहलाई एन्फाको केन्द्रीय महाधिवेशनका लागि प्रतिनिधि समेत चयन गरेको छ । गत शनिवार उद्घाटन भएको अधिवेशन प्रतिनिधि विवादका कारण स्थगित भएको थियो । प्रतिनिधि विवाद समाधान गरी सम्पन्न भएको अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गरेको हो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु