२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

नीजगढलाई देशकै एक नम्बरको नगरपालिका बनाउछुः सुरेश खनाल

२०७९ बैशाख १५, बिहिबार मा प्रकाशित ( साल अघि) १०१३ पाठक संख्या

कुराभन्दा काममा विश्वास गर्ने सुरेश खनालले पाँच वर्षे आफ्नो कार्यकालमा नगरलाई मधेष प्रदेशकै उत्कृष्ट नगर बनाउन सफल भए । कसैलाई भेदभाव नगर्ने उनको व्यवहारले विपक्षीलाई पनि उत्तिकै उनीतिर आकर्षित गरिरह्यो । पदको लोभभन्दा पनि जनताको सेवाको भावले उनले पुन मेयरपदको आकाँक्षा राखे र पार्टीले पनि उनैलाई पत्याइदियो । जनताका मनमुटमा बस्न सफल भएका उनी जनताको सुखदुखलाई आफ्नै ठान्छन् । शिक्षा, स्वास्थ्य, पर्यटन, सडक, खानेपानी, सामाजिक, भौतिक विकास, कृषि, नदी नियन्त्रणलगायत सबै क्षेत्रमा तीन किसिमको योजना बनाई अघि बढेको बताउँछन् । तत्काल गर्नुपर्नेलाई कामलाई पहिलो प्राथमिकता बनाई तत्कालिन योजनाका रुपमा काम भएको खनाल बताउँछन् ।

पहिलो कार्यकालमा भएका काम

सडक निर्माण – पिसिसि ढलान र पिच गरी करिब एक सय किलोमिटर सडक बाटो निर्माण भएको छ । ग्रेभल, नाला, सरसफाई लगायतका काम पनि त्यतिकैरुपमा भएका छन् ।

नदी नियन्त्रण– तीन किसीमको योजना बनाई काम भएको छ । ३५–४० खहरे खोलाको नियन्त्रण गर्ने काम भएको छ ।

पर्यटन विकासमा निजगढमा भएका प्राकृतिक, धार्मिक लगायतको पर्यटन विकासमा जोड दिईएको छ । शहिद हिरालाल पार्क, गणेशमान स्मृती पार्क, जीपलाईनको डिपीआर तयार गरी बनाउने काम अघि बढेको छ । बौद्ध बिद्यालय सहित धार्मिक पर्यटनलाई बढाउने काम भएको छ । यसले आन्तरिक र भारतीय पर्यटक तान्ने काम भएको छ ।

शिक्षा–पहिले भन्दा २७ सामुदायिक बिद्यालयमा भवन पुर्वाधार गर्ने काम भई रहेको छ । प्राविधिक शिक्षामा जोड दिईएको छ । अनिवार्य अग्रेजी माध्यम लागु गरिएको छ । जनप्रतिनिधि लगायत कर्मचारीका परिवारहरुले सामुदायिक बिद्यालयमा अध्यापन गराउने लगायत शिक्षामा मुख्य केन्द्रित भएर काम गरेका कारण अहिले निजी बिद्यालय भन्दा सामुदायिक बिद्यालयमा चाप छ ।

स्वास्थ्य क्षेत्रमा आठ वटा वडामा आधारभूत स्वास्थ्य चौकी निर्माण सम्पन्न गरी स्वास्थ्य सेवा शुरु भएको छ । स्वास्थ्य क्षेत्रमा पिछडिएको रतनपुरीका जनतालाई सुबिधा सम्पन्न बनाउन ल्याब, भिडियो एक्सरे, बर्थिङ सेन्टरसहित १०, ११ र १२ वडा रतनपुरी क्षेत्रको जनतालाई रोगबाट मर्न नदिन उच्च प्राथमिकता दिईएको छ । सबै सुबिधा छ । रतनपुरी स्वास्थ्य चौकीको स्तर उन्नती गर्ने काम भएको छ । सुत्केरी महिला, हेलो आमा, उपप्रमुख महिला प्रजनन स्वास्थ्य कार्यक्रम , १५ शैयाको अस्पताल निर्माण, तिलगंगा आँखा अस्पतालको आखा अस्पताल शुरु भएको छ ।

कृषि किसानको सबै समस्या समाधान गर्न कृषी कार्ड बनाउने र ऋणदेखि बिउ विजन लगायत बितरणको काम भएको छ । जैविक मललगायत पशुपालनमा जोड दिईएको छ । हरेक वडामा प्राबिधिकहरुको परिचालन भएको छ । सिचाईको ब्यबस्था भएको छ । सबै ठाउमा सिचाई पुराईएको छ । किसानको समस्या पहिचानका लागि माग गर्ने अर्न्तक्रिया गर्ने काम भएको छ । कृषि यान्त्रिकीकरणमा जोड दिईएको छ । केरामा बिमा गरिएको छ । स्टोरको काम शुरु भएको छ । सामुदायिक बन मार्फत पशुपालनको आहारमा जोड दिईएको छ ।
भूमि ब्यबस्थापनको काम अघि बढेको छ । सुकुम्बासीको पहिचान गरी विवादित बाहेकको पुर्जा बितरण हुदैछ । सुशासन, सेवा, सुबिधा, प्रबिधि मैत्रीले जनताको काम छिटो छरितो गर्न प्रयास भएको छ । निजगढको आम्दानी एक करोड थिएन अहिले झण्डै बार्षिक ३० करोड पुराईएको छ ।बसपार्क, रिङरोड, औधोगिक क्षेत्र निर्माण, सोलार प्लान्टका गुरुयोजना अनुसार काम भई रहेको छ । नीजगढ नगरपालिकाले ५२ वटा ऐन कानुन बनाएका छौ । भ्रष्टचारमुक्त बनाउने गरी काम गरेको छु । जनतालाई सेवा सुबिधा पाएको छु भन्ने लागेको छ । स्मार्ट सिटी निमार्ण लगायतको काम अघि बढेको छ । सोही मापदण्डअनुसार काम अघि बढाएको छ र बाँकी कामका योजना तयार भई कार्वान्वयन प्रकृयामा छन । त्यसका लागि पनि केही गरेर देखाउन आफूले फेरि उम्मेद्वारी दिएको बताउँछन् । कामको रिपोटिङ हुन नसक्दा सही तथ्याङक आउन नसकेका कारण पुरस्कार पाउन नसकेको उनले गुनासो गरेका छन् ।

अब यहाँ क्लिक गरी पढ्नुहोस्ः   वाह ! क्या गजब, नीजगढ नगरपालिकाः पुग्नै पर्ने कार्यालय

के छन् त योजना ?

समग्र नीजगढको एकीकृत विकास, स्मार्ट सिटि निर्माण, सार्वजनिक शिक्षामा सुधार, सुविधासम्पन्न अस्पताल, गृहिणी महिलाका लागि श्रमको सम्मान गर्दै त्यसको उचित व्यवस्थापन गर्ने, सामुदायिक विद्यालयहरुमा शिशु स्याहार केन्द्र स्थापना गर्ने, युवा लक्षित रोजगारमूलक कार्यक्रममा जोड दिने, स्मार्टसिटी निर्माण र नीजगढ विकासका धेरै पाईपलाईनमा रहेका अल्पकालिन र दीर्घकालिन योजनाहरु सम्पन्न गर्न यो कार्यकाल उपयुक्त हुने उनले बताएका छन् । त्यसैले अन्तिम एक पटक जितेर नीजगढको मुहार फेर्न पनि आफू मेयर पदको प्रत्यासी बनेको खनाल बताउँछन् । उनले नीजगढ नगरपालिकालाई देशभरीकै उत्कृष्ट नगरपालिका बनाउने र अन्तराष्ट्रिय स्तरमा समेत परिचित गराउादे नीजगढबासीको शीर उच्च राख्न हरतरहको प्रयास गर्ने दावी गर्दछन् । उनले यसका लागि सबै जनताले आफूलाई मतदान गरेर पुनः एकपटक काम गर्ने अवसर प्रदान गर्न सबैसँग हार्दिक अपिलसमेत गरेका छन् ।
प्रस्तुतिः सीता अधिकारी

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु