२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

जीतपुरसिमरामा पनि मिल्यो स्थानीय नेतृत्वबीचमा कुरा, गठबन्धनभन्दा बाहिर नजाने

२०७९ बैशाख १६, शुक्रबार मा प्रकाशित ( साल अघि) १७३९ पाठक संख्या

सीता अधिकारी
सिमरा, १६ बैशाखः जीतपुर सिमरा उपमहानगरपालिकाको पाँच दलीय गठबन्धनको बैठक बसी गठबन्धनको केन्द्रीय तहमा भएको निर्णयअनुसार नै चुनावमा सहभागी हुने जनाएका छन् । नेपाली काँग्रेस जीतपुरसिमरा उपमहानगरापलिकाका नगर सभापति छविलाल पौडेलको अध्यक्षतामा बसेको बैठकले पाँच दलीय गठबन्धनको तर्फबाट केन्द्रीय तहमा भएको निर्णय बमोजिम यस उपमहानगरपालिका भित्र नेकपा माओवादी केन्द्रका प्रमुख र नेपाली काँग्रेसका उपप्रमुख भएकोमा केन्द्रीय निर्णयअनुसार अघिबढ्ने निर्णय भएको हो ।

केन्द्रीय गठबन्धनलाई नमान्ने भन्दै आएको नेपाली काँग्रेसकाो नगर समितिले यस अघि जनमोर्चा र जसपासँग सहकाय गर्ने बताउँदै आएको थियो । अहिले जसपा र जनमोर्चाद्धारा भएको उम्मेद्वारी फिर्ता गरी गठबन्धनको केन्द्रीय निर्णय बमोजिम अघि बढ्ने निर्णय गरेको हो । यसै गरी पालिका भित्र वडा तहमा एकल उम्मेद्वार खडा गर्न नसकी आआफ्नै तर्फबाट उम्मेदवारी परेकोले गठबन्धनभित्रका दलहरुवीच स्वस्थ प्रतिस्पर्धा गर्ने निर्णय भएको छ । साथै निर्वाचन सम्पन्न भैसकेपछि मनोनित हुने कार्यपालिका सदस्यहरुको निर्वाचनमा निर्वाचित सदस्यभन्दा बाहिरबाट उम्मेद्वार बनाउँदा राष्ट्रिय जनमोर्चाको एक, जसपा एक र नेकपा एस बाट एक जना बनाउने निर्णय गरिएको छ ।
यता जसपा नेपालका केन्द्रीय सदस्य भरतबहादुर खड्का र जसपा मधेष प्रदेश सदस्य एवं मेयर पदका उम्मेदवार सोहन शर्माले गठबन्धनले वडाहरुको भागबन्डा नमिलाएको हुँदा संयुक्त प्रचारमा हिड्नु आत्मघात हुने भन्दै उक्त निर्णयमा फरक मत जाहेर गर्दै असहमति जनाएका छन् ।
बैठकमा नेपाली काँग्रेसका तर्फबाट छविलाल शर्मा, कृष्णब्रत सिंह, राधादेवी साह, नेकपा माओवादी केन्द्रका तर्फबाट क्षेत्रबहादुर श्रेष्ठ, जयराम दाहाल, प्रेम बराल, नेकपा एकीकृत समाजवादकिा तर्फबाट दिनेश राई, सुन्दर विश्वकर्मा, कृष्ण खनाल, जसपाका तर्फबाट भरतबहादुर खड्का, शोहन शर्मा, जनमोर्चा नेपालका तर्फबाट धर्माननद सुवेदीको उपस्थिति रहेको थियो । बैठकमा नेकपा माओवादी केन्द्रका गोपाल ठाकुरको विशेष उपस्थिति रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%१%१%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु