२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

समृद्ध वडा निर्माणका लागि उम्मेद्वारीः बम्जन

२०७९ बैशाख १८, आईतबार मा प्रकाशित ( साल अघि) ४४७ पाठक संख्या

सिमरा, १८ बैशाखः जीतपुरसिमरा उपमहानगरपालिका वडा नं २ का वडाध्यक्षका उम्मेदवारमध्ये सबै भन्दा कान्छो उमेरका वडाध्यक्ष विजय बम्जनलाई नेपाली काँग्रेसले वडाध्यक्षको उम्मेद्वार बनाएको छ । फुर्तिलो शरीर , जोशिलो शैली, र दुखमा परेकालाई असाध्यै सहयोग गर्ने, सिमराका चर्चित युवा हुन् बम्जन । अन्यायको विरुद्ध आवाज उठाउने, सबैले न्याय पाउनुपर्छ भन्ने मान्यता राख्ने बम्जन युवाहरुको माझ लोकप्रिय छन् । सामाजिक क्षेत्र र विकास निर्माणमा लामो समयदेखि लागेका बम्जन वडाको विकासमा पनि त्यतिकै गम्भीर र चिन्तित हुन्छन् । उनी दिनदुखी अन्यायमा परेका अल्पसंख्यक दलित जनजातिसँगै सम्पूर्ण वडावासीले आफूलाई विजय गराएर समग्र वडाको विकासमा सहयोग गर्न आग्रह गरेका छन् ।

के छ त वडाको लागि योजना?

बम्जन स्वास्थ तथा आत्म सुरक्षाका लागि जीम कल्व, खेल मैदानको विकास, आकर्षक पार्क, बाल उद्यान, सामुदायिक शिक्षाको स्तर वृद्धि, भाँग्रा खोला नियन्त्रण, एक घर एक रोजगार , वृद्धक्लवको स्थापना, महिला उद्यमशीलताजस्ता आकर्षक नारा लिएर चुनावमा होमिएका छन् । उनी वडावासीले आफूलाई बिजय गराउनेमा ढुक्क छन् । समृद्ध वडा निर्माणका लागि आफूलाई भोट दिएर जिताउन बम्जनले आग्रह गरेका छन् । उनी सँगै नेपाली काँग्रेसका तर्फबाट वडा समितिमा रामबाबु तामागं, शान्तिदेवी मण्डल, बिमलादेवी बस्नेत, रामकुमार अर्यालले उम्मेदवारी दिएका छन् ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु