२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

जिते सुशासन, पारदर्शिता, सार्वजनिक शिक्षाको गुणस्तरीयता र हारे वृक्षारोपण तथा संरक्षणः बिनोद सापकोटा

२०७९ बैशाख १८, आईतबार मा प्रकाशित ( साल अघि) ९४८ पाठक संख्या

समाजसेवीको नाम जोडिएकामध्ये अर्को नाम छ भने त्यो हो बिनोद सापकोटा । समाजसेवी भनेर उनलाई चिनाइरहनु पर्दैन । सबैको मनमस्तिष्कमा बस्न सफल युवा बिनोद सापकोटा अभियन्ता हुन् । कोही बिरामी होस या वातावरण स्वच्छ राख्नुपरोस् कुनै न कुनै अभियान चलाएर समाजको मुहार फेर्न दौडिरहेका हुन्छन् । समाजमा गर्ने कुनै नयाँ काम छ भने त्यहाँ सापकोटा नै अग्रसर भैहाल्छन् । त्यसैले पनि समाज सेवाको पर्याय बनेका छन् बिनोद सापकोटा । वि. सं २०३७ सालमा रामेछापमा जन्मिएका बिनोद २०४६ सालदेखि बाराको सिमरा औराहामा आइ बसोबास गरेका हुन् । आफ्नो घरको आर्थिक अवस्था अत्यन्तै नाजुक भएपनि असहायमाथि सहायता गर्न भने कहिल्यै छाडेनन् । सरल स्वभाव तथा सरल जीवन शैलीका उनले आफ्नै निर्माण कम्पनी तथा सामग्रीसँग सम्बन्धित व्यवसायबाट करिब ३ सय भन्दा बढीलाई रोजगार दिन पनि सफल भएका छन् । भोटमा आधारित राजनीतिलाई भन्दा पनि मुद्धामा आधारित राजनीति अगाडि बढाउनुपर्छ भन्ने मान्यता राख्ने सापकोटा व्यवस्था परिवर्तन गर्ने होइन जनताको अवस्था परिवर्तन गर्न जरुरी भएको बताउँछन् ।
आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा जीतपुरसिमरा उपमहागनरपालिकाको वडा नं ४ मा नेपाली काँग्रेसका तर्फबाट वडाध्यक्षका उम्मेद्वार बनेका छन् सापकोटा ।

1651410206572

के छन् त योजना ?

वडाका प्रत्येक नागरिकको स्वास्थ्य बिमा गराइ आधारभूत स्वास्थ्य उपलब्ध गराउने, सार्वजनिक शिक्षामा गुणस्तर ल्याउने, विकास तथा पर्यटनका लागि गुरु योजना बनाएर अघि बढ्ने, वडाका प्रत्येक नागरिक तथा लक्ष्यित वर्गको तथ्यांकीकरण तथा अभिलेखीकरण गर्ने, सेजमा कम्पनी स्थापना गरी युवालाई स्वरोजगार हुन मद्दत गर्ने, कृषि योग्य जमिनमा भैरहेको खण्डीकरण अर्थात प्लटिँग कार्य रोक्ने र उत्पादनलाई बढाउने, सुशासन र पारदर्शीतामा जोड दिने, प्रत्येक कार्यको सोसल अडिट (सामाजिक परीक्षण) गर्ने, कृषिमा आउने अनुदानलाई सहि सदुपयोग गर्ने लगायतका योजना रहेको वडाध्यक्षका उम्मेद्वार सापकोटाले बताएका छन् । वडामा वडाबासीले आफूलाई नै जिताउनेमा विश्वस्त रहेको उनले बताए । यदि निर्वाचनमा हारे पनि वडावासीको मतको कदर गर्दै जति भोट आफ्नो नाममा खसेको छ त्यतिनै संख्यामा वडामा वृक्षारोपण गरी त्यसको संरक्षण गर्ने योजना रहेको पनि सापकोटाले बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१५%११%२%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु