२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

नम्बर नखुलेको गाडीको ठक्करबाट बारामा एक पैदलयात्रुको मृत्यु

२०७९ बैशाख २०, मंगलबार मा प्रकाशित ( साल अघि) ३०६ पाठक संख्या

सिमरा, २० बैशाखः गएराति सिसौनियाचोकमा गाडीले पैदलयात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । सोमबार राति करिब पौने १० बजेको समयमा बाराको कलैया उपमहानगरपालिकाको सिसवनिया चोकमा नं.नखुलेको सवारी साधनले अपरिचित एक २०/२२ वर्षीय पुरुष पैदल यात्रुलाई ठक्कर दिएको थियो बारा प्रहरीका अनुसार गाडकिो ठक्करबाट टाउको,छाती र कम्मरमा गम्भिर चोट लागि घाइते भएका उनको उपचारका लागि प्रादेशिक अस्पताल कलैयामा लाँदै गर्दा बाटोमा नै मृत्यु भएको हो । नाम थर वतन नखुलेका मृतकको लास अस्पतालमानै रहेको र ठक्कर दिने गाडीको खोज तथा अनुसन्धान भैरहेको बाराका प्रहरी प्रबक्ता प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु