२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

गठबन्धनका उम्मेद्वारद्वारा जीतपुरसिमरा उपमहानगरपालिकाका लागि प्रतिवद्धता पत्र सार्वजनिक

२०७९ बैशाख २१, बुधबार मा प्रकाशित ( साल अघि) ४६१ पाठक संख्या

सिमरा, २१ बैशाखःपाँच दलीय गठबन्धनका उम्मेद्वारले जीतपुरसिमरा उपमहानगरपालिकाका लागि आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् । बुधबार सिमरामा पत्रकार सम्मेलनको आयोजना गरी गठबन्धनका उम्मेद्वारले आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन् ।
प्रतिवद्धता पत्रमा प्रशासन व्यवस्थापन, कर प्रणाली, पर्यटन तथा सस्कृति, नगर प्रहरी तथा सुरक्षा व्यवस्थापन, समाज कल्याण, युवा खेलकुद तथा रोजगार, सुचना प्रविधि, वन तथा पर्यावरण, कृषि प्रवर्द्धन, शिक्षा तथा स्वास्थ्य प्रवर्द्धन कार्यक्रम, खानेपानी तथा सरसफाई, बाटोघाटो तथा सडक सञ्चालन, औद्योगिक करिडोर व्यवस्थापन, गरिव तथा भुमिहिन व्यवस्थापन, सहकारी तथा संघ–संस्था व्यवस्थापन र महिला तथा बालबालिकाको क्षेत्रलाई बिशेष जोड दिईएको छ । गठबन्धनका उम्मेद्वारहरु प्रमुख पदका प्रत्यासी राजन पौडेल र उपप्रमुख पदका प्रत्यासी मेघा शाहीले घोषणपत्र एउटा नमुना मात्रै भएको र यो भन्दा धेरै राम्रो काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रतिवद्धता पक्र सार्वजनिक कार्यत्रममा नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य दिनेश राई, मधेश प्रदेशका प्रदेशसभा सदस्य सुन्दरबहादुर बिश्वकर्मा, नेपाली काग्रेसकी महिला नेतृ नारायणी रायमाझी निरु, नेकपा माओवादी केन्द्रका हरि चैलागाइँ, नेकपा एकीकृत समाजवादीका नगर अध्यक्ष कृष्ण खनाल नेपाली काँग्रेसका जिल्ला नेता राधादेवी साह, हरि थपलिया, पर्यटन अभियन्ता मोहन लामिछानेलगायतको उपस्थिति रहेको थियो ।
नेपाली काग्रेसका नगर सभापति छविलाल शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रम नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष प्रेम बरालले स्वागत गर्नुभएको थियो भने सञ्चालन शिक्षक राजु अधिकारीले गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु