२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

उम्मेद्वारलाई सर्वसाधारणद्वारा दही खुवाउँदै जीतका लागि शुभकामना व्यक्त

२०७९ बैशाख २३, शुक्रबार मा प्रकाशित ( साल अघि) ७९० पाठक संख्या

 

सिमरा, २३ बैशाखः आगामी ३० गते हुने स्थानीय चुनावका लागि नेपाली काँग्रेसका तर्फबाट उम्मेद्वार बनेकाहरुलाई सर्वसाधारणले दही खुवाउँदै जीतको शुभकामना व्यक्त गरेका छन् । आफू तथा आफ्नो पार्टीलाई जिताउन नेपाली काँग्रेस जीतपुर सिमरा उपमहानगरपालिका वडा नं १ का वडाध्यक्षका उमेद्वारसहितका कार्यकर्ताहरु जनताको घरदैलोमा पुग्दा सर्वसाधारणले दही खुवाउदै जीतका लागि शुभकामना व्यक्त गरेका हुन्  । सयौँको संख्यामा रहेका काँग्रेसका नेता तथा कार्यकर्ताले पथलैया निवासीका घर घर पुगेर मतदातासँग आफूहरुलाई जिताउन आग्रह गरेका थिए ।

Received_343256221124564

घरदैलो कार्यक्रममा गठबन्धनका नगर प्रमुख राजन पौडेल र उपप्रमुख मेघा शाहीको समेत उपस्थिति रहेको थियो । वडा नं १ का वडाध्यक्षका उम्मेद्वार हिराबहादुर गुरुगं (कान्छा) सहित वडा सदस्यहरु अमन लामा, राकेश सुब्बा, महिला सदस्य फुसुमदेवी श्रेष्ठ (कुसुम) र दलित महिला सदस्य चित्रकुमारी वि क आफूलाई भोट दिइ जिताउन आग्रह गर्दै घरदैलो अभियानमा जुटेका थिए । सर्वसाधारणको उत्साहजनक उपस्थितिले आफ्नो जीत सुनिश्चित भएको वडाध्यक्षका उम्मेद्वार हिराबहादुर गुरुगंले बताउनुभयो ।

Received_288347596843585

शोक सभा सम्पन्न
घरदैलोको क्रममा पथलैया निवासी नेपाली काँग्रेसकी महिला सदसय नानु रानाको मृत्युको सात दिनको स्मृति सभामा माननीय शोभा लामा, महाधिवेशन प्रतिनिधि रामबहादुर अधिकारी र वडाध्यक्षका प्रत्यासी गुरुगंले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गर्नुभएको थियो ।

Received_310192134618820

 

घरदैलो कार्यक्रमलाई सफल बनाउन काँग्रेस नेताहरु क्ष्णृव्रत सिंह, ओमकृष्ण कार्की, इच्छाबहादुर वाग्लेलगायतको उपस्थिति रहेको थियो ।

 

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु