२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

सार्वजनिक विदा र शैक्षिक सत्रको व्यवस्थापन मिलाउन बारासहित देशका सबै समन्वय इकाइलाई निर्देशन,

२०७९ बैशाख २८, बुधबार मा प्रकाशित ( साल अघि) ४६४ पाठक संख्या

सीता अधिकारी
सिमरा, २८ बैशाखः शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरले सार्वजनिक विदा र शैक्षिक सत्रको व्यवस्थापन मिलाउन बारासहित देशका सबै शिक्षा विकास तथा समन्वय इकाइलाई निर्देशन जारी गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको निर्णयलाई आधार मान्दै निर्णय कार्यान्वयनको सन्दर्भमा शिक्षण संस्थामा हुने क्रियाकलापलाई थप व्यवस्थित र प्रभावकारी बनाउन तथा विदासम्बन्धी निर्णय कार्यान्वयनमा एकरुपता कायम गर्न पत्रमार्फत निर्देशन दिएको हो ।
मानव स्रोत विकास केन्द्रका निर्देशक रामचन्द्र शर्माद्वारा हस्ताक्षरित पत्रमा विद्यालयहरुले साविक बमोजिम नै १० बजेदेखि ४ बजेसम्म विद्यालयमा पठनपाठन सञ्चालन गर्ने, शुक्रबार पनि ४ बजेसम्म पठनपाठन सञ्चालन गर्ने, राष्ट्रिय पाठ्यक्म प्रारुप २०७६ले निर्दिष्ट गरेबमोजिमको पाठ्यघण्टा र कार्यघण्टामा नघट्ने गरी पठनपाठन सञ्चालन गर्न आइतबार सार्वजनिक विदा दिएका कारण अपुग हुने समयावधि हिउँदे वा वर्षे विदाबाट कटाइ पूर्ति गर्ने, यसो गर्दा वर्षभरिमा बढीमा ३० दिनसम्म मात्र विदा कटौती गर्न सकिने गरी स्थानीय तहले विदा समायोजन गर्न सकिने जनाइएको छ ।
हेर्नुहोस् पत्रः

1652271121248

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु