२०८१ आश्विन २२, मंगलबार
नयाँ
पछिला अपडेट

वडाध्यक्षका उम्मेद्वारसहितका अभियन्ताहरुले गरे मतदान केन्द्रको सरसफाइ

२०७९ बैशाख ३१, शनिबार मा प्रकाशित ( साल अघि) ६७४ पाठक संख्या

सीता अधिकारी
सिमरा, ३१ बैशाखः मतदान सम्पन्न भएपछि काम सकियो भन्ने सबैले ठान्छन् तर त्यहाँ उत्पन्न फोहोर व्यवस्थापन गर्ने तर्फ न त उम्मेद्वारलाई चासो हुन्छ नत निर्वाचन गराउन खटिएका कर्मचारीलाई , न त बुथ प्रतिनिधि बनेर बसेका विभिन्न दलका प्रतिनिधिलाई नै ।
मतदान स्थल प्रायः विद्यालय भवनलाई नै बनाइएको हुन्छ । त्यहाँ उत्पन्न फोहोरलाई उत्सर्जन नगरिदिँदा त्यसको परिणाम कस्तो होला ? यही सोचले औराहाका केही समाजसेवीहरुलाई झक्झक्यायो
र आज बिहानै औराहा मतदान केन्द्रमा अभियान्ताहरुले सरसफाइ गरे । जीतपुर सिमरा उपमहानगरपालिकाको वडा नं ४ मा नेपाली काँग्रेसका तर्फबाट अध्यक्ष पदका उम्मेद्वार एवं अभियन्ता विनोद सापकोटाको नेतृत्वमा मतदान स्थल सरसफाइ गरियो । सरसफाइमा अभियानमा युवाहरुको सहभागिता रहेको थियो । बैशाख ३०मा भउको स्थानीय तहको निर्वाचनको मतदानका कारण विद्यालय क्षेत्र अस्तब्यस्त भएपछि सरसफाइ गरिएको अभियन्ता जनक पाण्डेले बताउनु भयो । मतदान केन्द्रमा पानीका बोतल, कागज, प्लास्टिक फ्रुटीका बोतल, पार्टीका झण्डाहरु रहेकाले हटाईएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
७%३%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु