२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

जीतपुरसिमरालगायत बाराका १५ पालिकामा शान्तिपूर्ण रुपमा मतगणनाः प्रजिअ कटुवाल

२०७९ जेष्ठ १, आईतबार मा प्रकाशित ( साल अघि) ३७४ पाठक संख्या

सिमरा, १ जेठः बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जिल्लाका १५ पालिकामा शान्तिपूर्ण रुपमा मतगणना भैरहेको बताउनुभएको छ । आइतबार जीतपुरसिमरा उपमहानगरपालिकाको मतगणनास्थल अवलोकन गर्दै प्रजिअ कटुवालले सो कुरा बताउनुभएको हो । बाराको १६ स्थानीय पालिकामध्ये पचरौता नगरपालिकाको ४ वटा केन्द्रमा विवाद भएपछि मतदान रद्ध गरिएको थियो । त्यसका लागि मतपत्र छपाइका काम हुँदै गरेकाले मतदानको मिति तोकिएको छैन ।
जीतपुरसिमरा मतगणना स्थल अनुगमन टोलीमा प्रजिअ कटुवालसहित प्रमुख सेनानि भूपेन्द्र गोदार, बाराका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक दिलिपसिं देउवा, सशष्त्र प्रहरी उपरीक्षक राजेन्द्र थापा, बारा जिल्लाका अनुसन्धान प्रमुख, इलाका प्रहरी कार्यालय सिमराका प्रहरी प्रमुख युवराज तिमल्सेनालगायतका सुरक्षा निकायका प्रमुहरुको समेत सहभागिता रहेको थियो ।

1652609152708

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु