२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

जीतपुरसिमरा १९ मा नेकपा माओवादीका उम्मेदवार दीपेन्द्रकुमार क्षेत्रीको प्यानल विजयी

२०७९ जेष्ठ २, सोमबार मा प्रकाशित ( साल अघि) ३८४ पाठक संख्या

सिमरा,२ जेठः जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १९ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार दीपेन्द्रकुमार क्षेत्रीको प्यानल विजयी भएको छ ।अघिल्लो स्थानीय तह निर्वाचनमा एमालेले जितेको उक्त वडामा माओवादीका क्षेत्रीले लोकप्रिय मत हासिल गर्नुभयो । उहाँ एक हजार पाँच सय ९६ मत प्राप्त गरी विजयी हुनुभएको हो ।उहाँका निकटमत प्रतिद्धन्दी नेकपा एमालेका सुदनदास तत्माले एक हजार ४८ मत प्राप्त गर्नुभयो । तत्मा अघिल्लो स्थानीय तह निर्वाचनमा निर्वाचित हुनुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु