२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

जीतपुरसिमरा ५ मा नेपाली कांग्रेसका उम्मेदवार दीपेन्द्र चौधरीको प्यानल बिजयी

२०७९ जेष्ठ २, सोमबार मा प्रकाशित ( साल अघि) ४३० पाठक संख्या

 

सिमरा, २ जेठः जीतपुरसिमरा उपमहानगरपालिका ५ मा नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार दीपेन्द्र चौधरीको प्यानल बिजयी भएको छ । चौधरी ९ सय ६ मत प्राप्त गर्दै फराकिलो मतान्तरले वडाध्यक्षमा निर्वाचित हुनु भएको हो । उहाँका निकटतम प्रतिद्धन्दी नेकपा माओवादी केन्द्रका मोहित चौधरीले तीन सय ९२ मत प्राप्त गर्नुभयो भने एमालेका बृजमोहन चौधरीले दुई सय ७२ मत प्राप्त गर्नुभएको छ । यसैगरी उक्त वडामा कांग्रेसको तर्फबाट महिला सदस्यको उम्मेदवार पुनम देवी आठ सय ७५, विमलादेवी शर्मा आठ सय ६६ , इन्दल हजरा आठ सय १५ र ईश्वर चौधरी आठ सय तीन मत प्राप्त गर्दै विजयी हुनु भएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु