२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

वडा नं. १६ मा एमालेका हरिदेव खरेलको प्यानल विजयी

२०७९ जेष्ठ ४, बुधबार मा प्रकाशित ( साल अघि) ५८० पाठक संख्या

सिमरा, ४ जेठः जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नं. १६ मा नेकपा एमालेका उम्मेदवार हरिदेव खरेल दुई भोटले वडाध्यक्षमा निर्वाचित हुनुभएको छ । झिनो मतान्तरसहित अध्यक्षमा निर्वाचित भएका खरेलले एक हजार चार सय ५४ मत प्राप्त गर्नुभएको थियो । उहाँका निकटतम प्रतिद्धन्दी केदारनाथ बजगाईले एक हजार चार सय ५२ मत प्राप्त गर्नुभएको छ ।झिनो मतले जीत हात पारेका खरेलको भने प्यानलनै निर्वाचित भयो ।
खरेल निर्वाचित वडामा नेकपा एमालेका महिला सदस्यको उम्मेदवार सोममाया रिमाल, दलित महिला सदस्य पवित्रा माया कार्की, सदस्य प्रेमबहादुर गोले तामाङ र हेमबहादुर बुर्जा मगर निर्वाचित भएका हुन् ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु