२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

जीतपुरसिमरा नगर उद्योग वाणिज्य सँघको तेस्रो सभा तथा दोस्रो अधिवेशन उद्घाटन

२०७९ जेष्ठ २५, बुधबार मा प्रकाशित ( साल अघि) ६४६ पाठक संख्या

सीता अधिकारी
सिमरा, २५ जेठः बाराको जीतपुरसिमरा नगर उद्योग वाणिज्य सँघको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनको बुधबार उद्घाटन गरिएको छ । जीतपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेलले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नुभएको हो ।

करदातालाई राज्यको पाचौेँ अंगको रुपमा राख्नुपर्नेः डा पराजुली

कार्यक्रममा संविधान सभा सदस्य शोभाकर पराजुलीले करदातालाई राज्यको पाचौेँ अंगको रुपमा राख्नुपर्ने धारणा राख्नुभयो । साथै उहाँले प्राविधिक शिक्षालय खोलेर दक्ष कामदार उत्पादन गर्न व्यवसायीहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा महिला नेतृ नारायणी रायमाझीले महिला व्यवसायी, महिला उद्यमी र रोजगारका क्षेत्रमा महिलालाई प्राथमिकता दिई नेतृत्व तहमा महिलाको उल्लेख्य सहभागिता पुर्याउन आग्रह गर्नुभयो । कार्यक्रममा वडाध्यक्षहरुका तर्फबाट वडा नं १६ का वडाध्यक्ष हरिदेव खरेलले आफ्नो मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा कलैया उपमहानगरका नगर प्रमुख विनोद साह, जीतपुर सिमरा उपमहानगरपालिकाका उपप्रमुख भोला अधिकारी, नेपाल उद्योग वाणिज्य महासँघका केन्द्रीय सदस्य डा. सुबोध गुप्ता, बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाल, उद्योग वाणिज्य सँघका संस्थापक अध्यक्ष घनश्याम गिरी, वरिष्ठ उपाध्यक्ष मोहन शर्मा, सल्लाहकारहरु कृष्णव्रत सिंह, देवेन्द्र चौधरी, गणेशजी साह, युवराज पौडेल, छविलाल शर्मालगायतको उपस्थिति रहेको थियो ।
संस्थाका अध्यक्ष सञ्जयकुमार साहको सभाध्यक्षतामा सम्पन्न उद्रघाटन कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई संस्थाले बधाइ तथा सम्मान समेत गरेको थियो ।

1654684416007
कार्यक्रमको संचालन सँघका महासचिव शिवजी सोनारले गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु