२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

दुर्गम तर पर्यापर्यटनका दृष्टिले अत्यन्तै सुन्दर गाउँ चकरीमा सडक ढलान

२०७९ जेष्ठ २९, आईतबार मा प्रकाशित ( साल अघि) ३३३ पाठक संख्या

सीता अधिकारी
सिमरा, २९ जेठः बाराको जीतपुर सिमरा उपमहानगरको २४ वटा वडा मध्येकै दुर्गम तर पर्यापर्यटनको दृष्ट्रिकोणले अत्यन्तै सुन्दर ठाँउ चकरी गाँउमा सडक ढलान भएको छ । उपमहानगरको वडा नं २२ स्थित चकरी गाँउमा मधेश प्रदेश सभा सदस्यहरु सुन्दर वि.क र सीता गुरुङ्गको पहलमा करिव एक किलोमिटर सडक ढलान भएको हो ।

IMG20220611121142
चकरी गाँउकै २ वटा छुट्टाछुट्टै टोलमा २५ लाख र ५० लाख गरी ७५ लाखको २ वटा योजनामा करिव एक किलोमिटर सडक ढलान गरिएको हो । प्रदेश सरकारको सशर्त र मधेश प्रदेश सदस्यहरुको निर्वाचन क्षेत्र विकास कार्यक्रम अर्न्तगत बजेटबाट सो बाटो ढलान गरिएको हो । सडक ढलान शिलन्यास गर्दै मधेशप्रदेश सभा सदस्य सुन्दर बि.कले विकास जति शहरतर्फ मात्रै भएको भन्दै चकरी गाँउको विकासमा कुनै दलले ध्यान नदिएकोले आफ्नो ध्यान यतैतिर रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘चकरी गाँउ सधै ओझेलमा पर्न हुदैन, यो भनेको बजारदेखि टाढा जंगलसँग जोडिएको ठाँउ हो, त्यसकारण पहिला विकास भनेको गाँउवाट शुरु गर्नुपदर्छ, राहत भनेको निमुखावाट शुरु गर्नुपर्छ भनेर हामीले शुरु गरेका हौ’ मधेशप्रदेश सभा सदस्य बि.कले आफूसँग भएको थोरै बजेट मध्येको चकरीमा परेको बजेट धेरै भएको बताउनुभयो । मधेशप्रदेश सभा सदस्य विकले चकरीमा पुल बनाउन डिपिआर तयार भईसकेकोले पैसा हाल्ने प्रयास भईरहेको पनि बताउनुभएको छ । जीतपुर सिमरा २२ स्थित चकरी गाँउ पर्यापर्यटनको दृष्ट्रिकोणले अत्यन्तै सुन्दर ठाँउ हो । डिभिजन वन कार्यालय बाराले सो ठाँउमा पर्यटकहरुका लागि होमस्टेको पनि व्यवस्था गरेको छ । तर प्रचार प्रसारको अभावले गत वर्षदेखि नै शुरु भएका होमस्टेहरु सञ्चालन हुन भने सकेका छैनन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु