२०८१ श्रावण ८, मंगलबार
नयाँ
पछिला अपडेट

प्रहरीद्वारा बाराको गञ्जभवानीपुरमा सञ्चालित अवैध मदिरा भट्टि नष्ट

२०७९ जेष्ठ ३०, सोमबार मा प्रकाशित ( साल अघि) २९३ पाठक संख्या

सिमरा, ३० जेठः बाराको महागढीमाई नगरपालिका वडा नं १० को गन्जभवानीपुरमा लुकाइ छिपाइ सञ्चालन गरेको मदिरा भट्टि प्रहरीले सोमबार नस्ट गरेको छ । स्थानीय प्रभु महतो र भोला महतोले सञ्चालन गरेको अवैध मदिरा भट्टि प्रहरीले नस्ट गरेको हो । प्रहरीले प्रभु महतोको भट्टिबाट प्रहरीले ४ सय २५ लिटर कच्चा पदार्थ र २५ लिटर तयारी मदिरा बरामद गरी नष्ट गरेको छ भने भोला रायले सञ्चालन गरेको भट्टिबाट ३ सय ५० लिटर कच्चा पदार्थ र ३० लिटर तयारी मदिरा नष्ट गरिएको बारा प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी बरिष्ठ नायव निरीक्षक नारायण साहको कमाण्डमा खटिएको प्रहरी गस्ती टोलीले कच्चा पदार्थ, तयारी मदिरा र भाँडाकुँडा समेत नष्ट गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु