२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

‘अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार’द्वारा विभिन्न विधाका स्रष्टा पुरस्कृत

२०७९ अषाढ ४, शनिबार मा प्रकाशित ( साल अघि) ८२५ पाठक संख्या

काठमाडौँ, ४ असारः अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले विभिन्न विधाका स्रष्टाहरूलाई ‘अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार’ द्वारा पुरस्कृत गरेको छ । संस्थाले प्रत्येक दुई वर्षमा प्रदान गर्दै आएको ‘अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार’ स्रष्टाहरूलाई प्रमाणपत्र र नगद पुरस्कारबाट पुरष्कृत गरेको हो । नेपाल नाट्य तथा सङ्गीत प्रतिष्ठानका कुलपति रायन श्रेष्ठको प्रमुख आतिथ्यतामा काठमाडौँस्थिति नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रमका बिच ‘अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार’ बाट ११ स्रष्टालाई पुरस्कार प्रदान गरिएको थियो । अनेसासले यसअघिनै स्रस्टाहरूलाई जुममार्फत प्रदान गरेको घोषणा गरिसकेको भएपनि कोभिडको महामारीका कारण वितरण गर्न सकेको थिएन । अनेसासले सन् २००३ देखि हरेक दुई–दुई वर्षमा प्रदान गर्दै आएको यो पुरस्कार वितरण गर्दै आएको छ ।

कुन विधामा कसले पाए पुरस्कार ?

1655529402385
। जसअनुसार अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार – २०२१ प्राप्त उपन्यास‘मैदारो’का लेखक भूपेन्द्र खड्का ‘भूपिन’लाई २१ सय अमेरिकी डलर नगद पुरस्कार, प्रमाणपत्र र अनेसासको आजीवन सदस्यताको प्रमाणपत्र प्रदान गरिएको थियो ।
त्यस्तै, माधव घिमिरे सर्वोत्कृष्ट काव्य पुरस्कार २०२१ प्राप्त कृतिहरू ‘आमा किरणहरूको छालमा’ कवितासङ्ग्रहकी लेखक गीता कार्की र ‘वीर्य जमिन’ कवितासङ्ग्रहकी लेखक बादल चाम्लिङलाई जनही १ हजार अमेरिकी डलर तथा प्रमाणपत्र प्रदान गरिएको थियो । ‘अनेसास होमनाथ सुवेदी सर्वोत्कृष्ट डायस्पोरा वाङ्मय पुरस्कार’ प्राप्त ‘वासदेखि पुनर्वाससम्म’ कृतिका लेखक डा. लक्ष्मीनारायण ढकाललाई ११ सय अमेरिकी डलर नगद राशिको पुरस्कार प्रदान गरियो । त्यस्तै, कार्यक्रममा ‘अनेसास दिल–लीला बस्नेत सर्वोत्कृष्ट डायस्पोरा पुस्तक पुरस्कार प्राप्त कृति ‘लेखककी छोरी’ कथासङ्ग्रहका लागि भुटानमा जन्मेर हाल अमेरिकाको पेन्सिलभेनिया बसोबास गर्दै आउनुभएका जेएन दाहाललाई ११ सय अमेरिकी डलर नगद पुरस्कार प्रदान गरिएको थियो भने अनेसास श्याम–इन्दिरा कार्की सर्वोत्कृष्ट निबन्ध पुरस्कार प्राप्त कृति ‘पत्थरको देवता’ निबन्धसङ्ग्रहका लेखक विद्याप्रसाद घिमिरेलाई एक हजार अमेरिकी डलर नगद पुरस्कार तथा प्रमाणपत्र हस्तान्तरण गरिएको छ ।

यसैगरी ‘अनेसास पदम विश्वकर्मा सर्वोत्कृष्ट कथा पुरस्कार’ प्राप्त कृति ‘मरीचिका’का लेखक महेश थापालाई एक हजार अमेरिकी डलर राशिका साथमा प्रमाणपत्र हस्तान्तर गरिएको छ भने ‘अनेसास प्रा. डिल्लीराम तिम्सिना सर्वोत्कृष्ट उपन्यास पुरस्कार २०२१’ बाट पुरस्कृत कृति ‘निर्वेद’का लेखक शैलेन्द्र अधिकारीलाई एक हजार अमेरिकी डलरका साथमा प्रमाणपत्र प्रदान गरिएको छ ।यस्तै,‘अनेसास सीता शर्मा सर्वोत्कृष्ट समालोचना–संस्कृति पुरस्कार २०२१’ बाट पुरस्कृत साँस्कृतिक खोजकर्ताद्वय डा. गोविन्द आचार्य तथा अशोक थारुलाई संयुक्त रूपमा अमेरिकी डलर एक हजार नगदका साथमा प्रमाणपत्र हस्तान्तरण गरिएको छ भने अनेसास लक्ष्मण सत्याल सर्वोत्कृष्ट गीत–गजल–हाइकु–मुक्तक पुरस्कारबाट पुरस्कृत टीका आत्रेय पौडेललाई ५ सय अमेरिकी डलरका साथमा प्रमाणपत्र वितरण गरिएको छ ।

1655529402448

अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार अनेसासका ट्रस्टीहको सदस्यता शुल्कको बैङ्कब्याजबाट हरेक दुई वर्षमा प्रदान गरिन्छ । यस पुरस्कारको राशि १५ सय अमेरिकी डलर रहेकामा सन् २०१९ मा २ हजार डलर र यस वर्ष २ हजार एक सय डलर हुने गरी पुरस्कार समितिका अध्यक्ष प्रा.डा. गोपी उप्रेतीले थप रकम सौजन्य गर्नुभएको थियो । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनको लगत्तै अनेसासले सन् २०२१ देखि प्रदान गर्ने गरी घोषणा गरेको माधव घिमिरे सर्वोत्कृष्ट काव्य पुरस्कारको राशिका प्रायोजक बिओटीका अध्यक्ष गीता खक्री तथा ट्रस्टी डा. चूडामणि खनाल हुनुहुन्छ । कार्यत्रम सञ्चालनको भूमिकामा डा रेणुका सोलु रहनुभएको थियो ।

1655529402400

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु