२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

बजेट अभियानमा जुटे मेयर पौडेल

२०७९ अषाढ ४, शनिबार मा प्रकाशित ( साल अघि) ३४१ पाठक संख्या

सीता अधिकारी
सिमरा, ४ असारः आगामी आर्थिक वर्षका लागि आफ्ना स्थानीय तहमा कसरी सम्वृद्धि ल्याउन सकिन्छ भन्ने विषयमा पालिका प्रमुखहरुको ध्यान जान थालेको छ । संघ र प्रदेशले वजेट विनियोजन गरिसकेको अवस्थामा स्थानीय तहहरु पनि बजेट अभियानमा नै जुटिरहेका छन् । बाराको जीतपुर सिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेल पनि बजेटको पूर्व सन्ध्यामा विभिन्न क्षेत्रका अनुभवी व्यक्तिहरुसँग सल्लाह र परामर्श लिन थाल्नुभएको छ । यसलाई स्थानीयहरुले सकारात्मक रुपमा लिएका छन् ।
केही दिनदेखि शैक्षिक क्षेत्रका व्यक्तिहरुसँग शिक्षा क्षेत्रको सुझाव, स्वास्थ्यकर्मीसँग स्वास्थ्यका समस्या त्यस्तै कृषि क्षेत्रमा देखिएका समस्याहरु, विभिन्न सरोकारवाला निकायसँग भेटघाट गरी परामर्श लिनुभएको हो । सयपत्री अनलाइनले बजेटको बारेमा जिज्ञासा राख्दा मेयर पौडेलले आफू र कार्यालयका कर्मचारीहरुसमेत अहिले रातदिन नभनी रातिको १ बजेसम्म पनि बजेटकै काममा लागेको बताउनुभयो । उहाँले आफू निर्वाचित भएर आएपछिको पहिलो वजेट अधिवेशन भएकोले र समय पनि पयाप्त नभएकोले बजेट महत्वाकाँक्षी नहुने तर जनताको भावना बुझेर आफूले काम गर्ने बताउनुभयो । यता स्थानीयहरु भने बजेट कस्तो आउने हो र कार्यान्वयन कसरी हुने हो भन्ने पर्खाइमा रहेको बताउँछन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु