२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

समिति गठनको आठ महिना नपुग्दै नमुना मावि सिमरामा अर्को समिति गठन

२०७९ अषाढ ९, बिहिबार मा प्रकाशित ( साल अघि) १११५ पाठक संख्या

सिमरा, ९ असारः नेपाल राष्ट्रिय मा वि सिमरामा व्यवस्थापन समिति गठन भएको आठ महिना नपुग्दै अर्को व्यवस्थापन समिति गठन भएको छ । जीतपुर सिमरा उपमहानगरपालिकाको स्थानीय शिक्षा ऐनअनुसार वडाध्यक्ष वा वडाध्यक्षले तोकेको व्यक्ति विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुने प्रावधानअनुसार वडाध्यक्षले आफ्नो अनुकूल विद्यालय व्यवस्थापन समिति गठन भएको हो ।
नेपाल राष्ट्रिय मावि सिमरामा गत मिंसर १८ गते गठन भएको व्यवस्थापन समिति भंग गर्दै वडाध्यक्ष आफैँ अध्यक्ष बस्नेगरी समिति गठन गरिएको हो । जीतपुरसिमरा वडा नं २ का तात्कालिन वडाध्यक्ष तिलकबहादुर श्रेष्ठले तोकेको व्यक्ति विद्यालय व्यवस्थापन समितिको अध्यक्ष गइन्यलाल वस्नेत नेतृत्वको समितिलाई विघटन गरी वर्तमान वडाध्यक्ष धनबहादुर श्रेष्ठ आफैँ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बन्नुभएको हो । समितिमा कृष्णकुमार अधिकारी, सुमित्रा तिमल्सेना, रोशन ठाकुर, भागवत रिजाल चयन हुनुभएको छ ।

तात्कालिन वडाध्यक्ष माओवादी पार्टीबाट विजयी भएका थिए भने वर्तमान वडाध्यक्ष नेकपा एमाले पार्टीबाट निर्वाचित भएका हुन् । वडाध्यक्ष धनबहादुरले आफू अनुकूलको समिति नबन्दा आफूलाई काम गर्न असहज हुने भन्दै नयाँ कार्य समिति गठन गर्नुभएको हो । उहाँले तत्कालिन समितले विद्यालयमा लामोसमय पाउँदा पनि उल्लेख्य काम गर्न नसकेकोले आफूले समिति नै विघटन गर्नुपरेको दावी गर्नुभयो । आफ्नो पहिलो प्राथमिकता शिक्षा र स्वास्थ्य भएकोले यसको सुधारका लागि आफूले पहल गरिरहेको बताउनुभयो ।

1656005630689

यता अभिभावकको उपस्थितिमा सिमरामा समित गठन हुँदै गर्दा अघिल्लो व्यवस्थापन समितिका अध्यक्ष गइन्यलाल बस्नेत (गंगा) ले आफ्नो कार्यकाल पूरा नहुँदै जबरजस्ती हटाउन लागेको भन्दै उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जमा गएर मुद्धा दर्ता गर्नुभयो । अस्थायी इजलास विरगञ्जले उत्प्रेषण युक्त निषेधाज्ञा दिँदै दुवै पक्षलाई आगामी असार १३ गते सोमबारका दिन छलफलका लागि बोलाएको छ ।

1656003848365
कस्तो अवस्थामा विद्यालय व्यवस्थापन समिति विघटन हुन्छ ?

जीतपुरसिमरा उपमहानगरपालिकाको नगर शिक्षा ऐनको दफा २० को उपदफा १ मा कुनै पनि विद्यालय व्यवस्थापन समितिले तोकिएको जिम्मेवारी पूरा गर्न नसकेको भनि वडा समितिमार्फत नगर शिक्षा समितिले कारणसहित नगरपालिका कार्यालयमा सिफारिस गरेमा सो को कारण खुलाइ नगरपालिकाले तोकेको प्रक्रिया पूरा गराई विद्यालय व्यवस्थापन समिति विघटन गर्न सक्ने छ । तर यसरी विघटन गर्नु अघि सफाइ पेश गर्ने मनासिव मौका दिइनेछ भनिएको छ । उपदफा २ मा, उपदफा (१ )बमोजिम विद्यालय व्यवस्थापन समिति विघटन भएपछि अर्को विद्यालय व्यवस्थापन समिति गठन नभएसम्म वडाले अस्थायी विद्यालय व्यवस्थापन समिति गठन गर्ने व्यवस्था छ भनि उल्लेख गरेको छ ।
के भन्छन् नमुना माविका प्रधानाध्यापक आचार्य ?

1656004873061

बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नं २ मा रहेको नमुना विद्यालय का प्रधानाध्यापक शंकरकुमार आचार्य आफ्नो विद्यालय नमुना विद्यालय भएकोले थुप्रै काम गर्नका लागि व्यवस्थापन समिति आवश्यक पर्ने बताउनुहुन्छ । विद्यालय सञ्चालन र व्यवस्थापनका लागि समितिमा जो भएपनि काम गर्नुपर्ने भएकाले किचलोलाई छाडेर विद्यालयलाई शान्ति क्षेत्रकै रुपमा कायम राख्नुपर्ने धारणा प्रअ आचार्यको छ । विद्यालयको नियमित कार्यक्रमहरु प्रभावित नबनाइ विद्यालयमा काम गर्ने वातावरण सिर्जना गर्न सबैसँग उहाँले आग्रहसमेत गर्नुभएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
७%१%१%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु