२०८१ मंसिर ९, आईतबार
नयाँ
पछिला अपडेट

जीतपुरसिमरा उपमहानगरपालिकाको छैठौं नगरसभा स्थगित

२०७९ अषाढ १०, शुक्रबार मा प्रकाशित ( साल अघि) ३८० पाठक संख्या

 

सीता अधिकारी
सिमरा, १० जेठः बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको छैठौं नगरसभा स्थगित भएको छ । कार्यपालिका बैठकलाई वेवास्ता गरी नगरसभा गर्न खोजिएको भन्दै सदस्यहरुले विरोध गरेपछि नगरसभा स्थगित भएको हो ।
नगरका उपप्रमुख भोला अधिकारीले प्राविधिक रुपमा तयारी गर्नुपर्ने कतिपय विषय छुटेकाले नगरसभा स्थगन गर्नुपर्ने वाध्यता आएको बताउनुभयो ।

यस्तै नगरप्रमुख राजन पौडेलले कानुनी प्रकृयाअनुसार नै नगरसभा बोलाईएको बताउनुभयो । उहाँले कार्यपालिका सदस्यहरुले उठाएका विषयमा प्रयाप्त छलफल गरी सल्टाउँदै लैजान सकिएला भनेर कानुनले तोकेको समयसिमा भित्रै नगरसभा बसाउने प्रयास गरिएको ,  सभा हुन नसकेको बताउनुभयो । नगरप्रमुख पौडेलले छलफल र सहमतिको प्रयासलाई निरन्तरता दिँदै कानुनी प्रकृयाअनुसार नगरसभा हुने दावी गर्नुभयो ।

नियमावलीमा के छ व्यवस्था ?

समहतिबाट निकास निस्कने नदेखिए नगरको सभा संचालन नियमावली२०७५ अनुसार अघि बढ्ने नगरप्रमुख पौडेलले बताउनुभयो । जीतपुरसिमराको राजपत्रमा प्रकाशित ऐनको दफा ५ मा पहिलो, दोस्रो र तेस्रो पकटसम्म सभा बाोलाउन सकिने उल्लेख छ । पहिलो र दोस्रो सभाका लागि ५० प्रतिशतभन्दा बढी सदस्य र तेस्रोपटकमा २५ प्रतिशत नगरसभा सदस्य उपस्थीत भए गणपुरक संख्या पुग्ने उल्लेख गरिएको छ ।

1656076895239

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु