२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

डा. सोलुद्वारा अनेसास निर्वाचनमा उपाध्यक्षको पदमा उम्मेद्वारी दर्ता

२०७९ अषाढ १४, मंगलबार मा प्रकाशित ( साल अघि) ३७३ पाठक संख्या

सयपत्री समाचारदाता
काठमााडौँ, १४ असारः साहित्य र महिला सशक्तीकरणका क्षेत्रमा निरन्तर लाग्दै आउनुभएकी डा. रेनुका सोलुले अनेसास निर्वाचनमा आफ्नो उम्मेद्वारी दर्ता गराउनुभएको छ । सबैलाई समान व्यवहार गर्ने, अति नै मिलनसार डा. सोलुले अनेसास निर्वाचनमा उपाध्यक्ष पदका लागि आफ्नो उम्मेद्वारी दर्ता गराउनुभएको हो ।
अन्तर्राष्ट्रिय साहित्य समाज विश्वभरि फैलिएर रहेको तीन दशक जेठो अन्तर्राष्ट्रिय स्तरको साहित्यिक संस्था हो । नेपाली भाषा साहित्यको विकास र प्रवर्द्धनका लागि यस संस्थाले ठूलो योगदान पुर्‍याएको छ । यो संस्थाको नेपाल च्याप्टरमा सदस्य, उपाध्यक्ष, केन्द्रीय सदस्य पदमा रहेर काम गर्दै आउनुभएकी डा. रेनुका सोलुले आसन्न निर्वाचनमा भने उपाध्यक्षको पदमा उम्मेद्वारी दर्ता गराउनुभएको हो ।

अनेसासको उपाध्यक्ष पदमा निर्वाचित हुन सफल भए तपसिलबमोजिमका काममा आफ्नो विशेष ध्यानाकर्षण रहने उहाँले बताउनुभएको छ ।
– अनेसास केन्द्रको सचिवालय नेपालमा रहेको हुँदा यसलाई व्यवस्थित गर्ने ।
– अनेसासले आफ्नै भवन खरिदको प्रकृया अगाडि सारेको छ, सो कार्यलाई सफल बनाउन सहयोग गर्ने,
– अनेसास ट्रस्टी, केन्द्र, च्याप्टर र आजीवन सदस्यहरूबीच सुमधुर सम्बन्ध स्थापित गर्न/गराउन विशेष पहल गर्ने,
– अनेसासको प्रत्येक काम र हरहिसाबलाई थप पारदर्शी र व्यवस्थित बनाउन पहल गर्ने
– विभिन्न विषय र विधाका विशेष कृति प्रकाशनको काममा सहयोग गर्ने,
– उत्कृष्ट कृति विभिन्न भाषामा अनुवाद गरेर विश्वबजारमा पुर्‍याउने अनेसासको योजनामा सहयोग गर्ने,
– विधागत कार्यशाला गोष्ठीको आयोजना गर्ने,
– अनेसास एसिया क्षेत्रमा निष्कृय रहेका च्याप्टरलाई सक्रिय बनाउन पहल गर्ने ,
– अनेसासका नयाँ च्याप्टर स्थापना गर्न प्रोत्साहन गर्ने एवम् स्थापना भएका च्याप्टरहरूलाई व्यवस्थित गर्ने,
– अनेसास क्षेत्रीय सम्मेलन आयोजना गर्ने,
–अनेसास एसिया क्षेत्रभित्र रहनुभएका सदस्यहरूलाई चलायमान बनाउन समय समयमा विविध कार्यक्रमहरू आयोजना गर्ने र नयाँ सदस्य बन्न आकर्षित बनाउने,
–एनआरएनए र नेपाल प्रज्ञा प्रतिष्ठानसँग सहकार्य गर्ने अनेसासको योजना सफल बनाउन सक्दो पहल गर्ने,
– विश्वभरिबाट नेपाल आइपुग्नुहुने नेपाली साहित्यकारलाई स्वागत, सम्मान एवम् कृति प्रकाशन, विमोचन, चर्चापरिचर्चाका क्रममा सहयोग गर्दै लेखन क्षेत्रमा प्रेरणा दिने ।
– अनेसास अनलाइन पत्रिका दर्पण र अन्तर्दृष्टि कृति नियमित प्रकाशन गर्ने कार्यलाई जोड दिने,
–अनेसासका अग्रज सदस्यलाई सम्मान र अनुजलाई अवसर एवम् प्रोत्साहन दिने संस्कारको थालनी गर्ने ।
उहाँको यी चाहना पूरा गर्नका लागि सबैको साथ र सहयोगको जरुरत पर्दछ । उहाँलाई सफलताको शुभकामना ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु