२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

जीतपुरसिमरा उपमहानगरपालिकामा कृषि बजार, ट्रकपार्क तथा कर्मसियल कम्प्लेक्स बन्ने

२०७९ अषाढ १७, शुक्रबार मा प्रकाशित ( साल अघि) ४११ पाठक संख्या

सिमरा, १७ असारः जीतपुरसिमरा उपमहानगरपालिकामा कृषि बजार, ट्रकपार्क तथा कर्मसियल कम्प्लेक्स बनाउने बिषयमा छलफल भएको छ । नगर प्रमुख राजन पौडेलको उपस्थितिमा जीतपुरसिमरामा कर्मसियल कम्प्लेक्स बनाउने बिषयमा काठमाण्डौमा छलफल भएको हो ।

छलफलमा नगर विकास कोषका कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटा, जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतकुमार पोखरेल लगायतको उपस्थिति रहेको थियो । छलफलका क्रममा नगर प्रमुख पौडेलले कर्मसियल कम्प्लेक्सको काम अघि बढाउन आवश्यक प्रक्रियाको थालनी गरिने बताउनुभयो ।सो क्रममा कर्मसियल कम्प्लेक्स आयोजनाको डिपिआर कोषमा पेश गर्ने र कार्यपालिकाको निर्णय सहित नगर विकास कोषमा आर्थिक तथा प्राविधिक सहयोगका लागि पत्राचार गर्ने निर्णय भएको बताइएको छ ।
जसको लागी जग्गाको लिजाधिकारको प्रक्रिया अघि बढेको जिल्ला स्तरिय निर्णयसहित नगर विकास कोषमा आर्थिक तथा प्राविधिक सहयोगका लागि पत्राचार गर्ने निर्णय भएको समेत बताइएको छ । सो आयोजनाको अध्ययनको प्रक्रिया उपमहानगरपालिकासंगको सहलगानीमा अघि बढाईने उल्लेख छ ।

1656660984271

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु