२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

आगामी असार ३१ र ३२ गते इन्जिनियर फुटसल प्रतियोगिता–२०७९ आयोजना हुने

२०७९ अषाढ २१, मंगलबार मा प्रकाशित ( साल अघि) ७७२ पाठक संख्या

सिमरा, २१ असारः आगामी असार ३१ र ३२ गते इन्जिनियर फुटसल प्रतियोगिता–२०७९ को आयोजना हुने भएको छ । नेपाल इन्जिनियर्स एसोसिएसन, बाग्मती प्रदेश कार्यकारिणी समितिले ६० औँ इन्जिनियर्स दिवसको उपलक्ष्यमा सो प्रतियोगिता गर्न लागेको हो । नेईए बागमती प्रदेशको पहल, इन्जिनियर भातृत्व तथा स्वास्थ्यको लागि फुटसल” भन्ने नाराका साथ इन्जिनियर मिलन र प्रतिस्पर्धाको सुन्दर कार्यक्रम– इन्जिनियर फुटसल प्रतियोगिता–२०७९ आयोजना हुन लागेको बताइएको छ । फाइभ ए साइड खूल्ला इन्जिनियर कप फुटसल प्रतियोगिताका लागि नेपाल इन्जिनियरिंग परिषद वा नेपाल इन्जिनियर्स एसोसिएसनमा दर्ता भएका इन्जिनियरहरुले ७ जनाको समूह बनाइ असार २८ गतेसम्म दर्ता गर्नुपर्ने छ । असार २८ गतेसम्म दर्ता भएका समूहले मात्र खेलमा भाग लिन पाउनेछन् । खेलमा प्रथम, दितीय, तथा तेस्रो हुने समूहलाई क्रमशः चालीसहजार बीस हजार र दस हजार नगद पुरस्कार प्रदान गरिने उक्त फुटसल प्रतियोगिताका संयोजक बिपिन भुसालले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु