२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

अनेसास उपाध्यक्षमा डा. सोलु विजयी

२०७९ अषाढ २७, सोमबार मा प्रकाशित ( साल अघि) ३०० पाठक संख्या

काठमाडौँ, २७ असारः एसिया क्षेत्रबाट प्रतिनिधित्वि गर्दै साहित्यकार डा. रेणुका सोलु अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को केन्द्रीय उपाध्यक्ष पदमा निर्वाचित हुनु भएको छ । हालै सम्पन्न अनेसासको केन्द्रीय निर्वाचनबाट सोलु एसिया क्षेत्रको प्रतिनिधित्व गर्नेगरी उपाध्यक्षमा निर्वाचित हुनुभएको हो ।
नेपाली साहित्यलाई विश्वबजारसम्म पुर्‍याउने उद्देश्यले सन् १९९१ मा गठन भएको अनेसासको नेपाल च्याप्टर सदस्य, उपाध्यक्ष हुँदै केन्द्रीय सदस्यको भूमिकामा समेत रहिसक्नु भएकी सोलुले नेपाली भाषा साहित्यमा विश्वबजारसम्म सहज पहुँच पुर्‍याउन नेतृत्वदायी भूमिका निर्वाह गर्नु भएको छ ।
यस्तै अनेसासको अध्यक्ष पदमा गोवर्द्धन पूजा निर्वाचित हुनुभएको छ । त्यस्तै वरिष्ठ उपाध्यक्षमा सर्वज्ञ वाग्ले निर्वाचित हुनुभएको छ ।

1657561158526

नेपाली भाषा साहित्यको विकास, विस्तार, प्रवर्द्धन गर्ने उद्देस्यले लगभग तीन दशकअगाडि अमेरिकामा दर्ता भएको यो संस्थाको केन्द्रीय कार्यालय अमेरिकामा रहेको छ भने सचिवालय नेपालमा रहेको छ । नेपाली भाषा साहित्यलाई विश्वभरी पर्‍याउन प्रयासरत अनेसासले लगभग २२ लाख बराबरको विभिन्न विधामा पुरस्कारको समेत स्थापना गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु