सिमरा, ६ साउनः ४० औँ वीपी स्मृति दिवसको अवसर पारेर नेपाली काँग्रेस जीतपुर सिमरा वडा नं ४ ले वृक्षारोपण गरेको छ । शुक्रबार बाराको जीतपुरसिमरा वडा नं ४ स्थित देवाश्रम नजिक प्रगतिशिल सामुदायिक वन क्षेत्रमा वृक्षारोपण गरेको हो ।
मधेश प्रदेश सभा सदस्य शोभा लामाको प्रमुख आतिथ्यतामा एक सय वटा विरुवा रोपिएको हो । वृक्षारोपण कार्यक्रममा नेपाली काँग्रेस बारा क्षेत्र नं ४ क का क्षेत्रीय सभापति सुमन कुमार भट्टराई, नगर समतिका सभापति छवी शर्मा साथै मेघा शाही, गंगा वाग्ले, रमेश पण्डित, रुद्र पौडेल, पूर्णचन्द्र तिमल्सिना, कमल पौडेल, गीता शर्मा, भिमादेवी शर्मा, मुना खरेल, विनोद साप्कोटा, कुमारनाथ त्रिपाठीलगायत स्थानीयहरुको सहभागिता रहेको थियो ।