२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

नीजगढका मेयर पुरीद्वारा प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी, कामकाज नरोक्न कार्यपालिका सदस्यको आग्रह

२०७९ श्रावण १७, मंगलबार मा प्रकाशित ( साल अघि) ६०२ पाठक संख्या

नीजगढ,१७ श्रावण :नीजगढका नगरप्रमुख सुरथ पुरीले प्रमुख प्रशासकीय प्रमुखको कार्यकक्षमा तालाबन्दी गर्नुभएकोछ । नगर प्रमुख पुरीले प्रशासनिक नियम विपरित प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताल्चा लगाई नियमित कार्य संचालनमा अवरोध सृजना गर्नुभएकोहो ।नगर कार्यपालिकाको प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्की बिदामा रहनुभएको समयमा नगर प्रमुख पुरीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा राजनैतिक पंहुचको आधारमा आफू निकट रहेका मकवानपुरको थाहा नगर कार्यपालिकाका प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत हरिलाल पुरीलाई नीजगढको प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा गराएर हाजिर गराउनुभएको थियो । नीजगढ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको स्थानमा कार्यरत सुमन कुमार कार्कीको बाराको पचरौता नगरपालिकामा सरुवा भएको भनिएपनि कार्कीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पुनः नीजगढ नगरपालिकामा नै यथावत रहनु भनि निर्णय गरेर पत्रसमेत पठाई सकेको छ भने अर्का प्रशासकीय अधिकृत पुरीलाई मन्त्रालयमा तानिएकोछ । तर नगर प्रमुख सुरथ पुरीले प्रमुख प्रशासकीय अधिकृत कार्कीलाई नगर कार्यपालिका कार्यालयमा काम गर्न नदिई प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाउनुभएको छ ।
यसै विषयलाई लिएर मंगलबार नगर कार्यपालिकाका सदस्यहरुले नगर प्रमुख पुरिलाई ध्यानाकर्षण गराएका छन । वडा नम्बर १३ का वडा अध्यक्ष सुर्य घलानको नेतृत्वमा नगर कार्यपालिकाको बहुमत सदस्यहरुले प्रमुख प्रशासकीय अधिकृत कार्कीलाई प्रशासनिक कार्य गर्न दिन ध्यानाकर्षण गराएका हुन ।

Received_618478156233221

नगर प्रमुख पुरीले समयमै नगरसभा सम्पन्न गराई बजेट पास गराएर नगर कार्यपालिकाको वार्षिक कार्ययोजना तर्जुमा गरिसक्नुपर्नेमा सोप्रति चासो नदेखाएको मंगलबार बुझाईएको ध्यानाकर्षण पत्रमा जनाईएकोछ । नगर प्रमुख पुरीले नगर कार्यपालिका कार्यालयको डिजिटल हाजिर प्रणालीलाई समेत बन्द गराई प्रशासनिक नियम विपरित कर्मचारीहरुलाई आफ्नो कार्यकक्षमा कागजी हाजिरी गराएको भन्दै सो कार्यलाई समेत तुरुन्त सच्याउन कार्यपालिका सदस्यहरुले नगर प्रमुख पुरीलाई ध्यानाकर्षण गराएकाछन । तर नगर प्रमुख पुरीले उक्त मेशिन बिग्रिएकोले कागजी हाजिर गराएको प्रतिक्रिया दिनुभएकोछ ।

नगर प्रमुख पुरीले प्रमुख प्रशासकीय अधिकृतको कार्यक्ष भन्दा बाहिर राखिएको डिजिटल हाजिरी मेशिन राखिएको कोठाको बाहिर ताल्चा लगाएर नगर कार्यपालिका कार्यालयका कर्मचारीहरुलाई आफ्नो कार्यकक्षमा कागजी हाजिरी गर्न लगाएकाहुन,जुन प्रशासनिक नियमको विपरित रहेकोछ । कार्यालयका कर्मचारीहरु प्रमुख प्रशासकीय अधिकृत मातहत रहने भएपनि नगर प्रमुख पुरीले नियम विपरित हस्तक्षेप गरि कर्मचारीहरुलाई आफ्नो कार्यकक्षमा कागजी हाजिरी गराउन थाल्नुभएकोहो । नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट नगर प्रमुख निर्वाचित हुनुभएको पुरीलाई दबाब दिंदै प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालयमा काम गर्न नदिन पार्टीका कार्यकर्ताहरु दैनिक रुपमा नगर कार्यपालिकाको कार्यालयमा जम्मा हुने गरेकाछन । योजनाबद्ध तरिकाले प्रमुख प्रशासनिक अधिकृत कार्कीलाई दुर्व्यवहार गर्ने उद्धेश्यले एमालेका कार्यकर्ताहरु नगर कार्यपालिका कार्यालयमा जम्मा भई कर्मचारीहरुमाथि त्रास पैदा गरिरहेको भन्दै कार्यपालिका सदस्यहरुले नगर प्रमुख पुरी समक्ष कार्यकर्ता नियन्त्रणमा राख्न समेत सुझाएकाछन ।
नगर कार्यपालिका कार्यालयको सुरक्षा,अनुगमन र नियमनकालागि जडित सिसि टिभी क्यामेरा सुनियोजित ढंगले नगर प्रमुख पुरीको आदेशमा बन्द गराएकोप्रति पनि कार्यपालिका सदस्यहरुले नगर प्रमुख पुरीलाई ध्यानाकर्षण गराएकाछन । प्रमुख प्रशासकीय अधिकृतलाई दुर्व्यवहार गर्ने उद्धेश्य अनुरुप सुनियोजित ढंगले नगर कार्यपालिका कार्यालयको सिसि टिभी क्यामेरा बन्द गरिएको भन्दै क्यामेरालाई निरन्तर संचालनमा ल्याउन माग गरिएकोछ । कार्यपालिका सदस्यहरुले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै नगर प्रमुख पुरीले प्रशासनिक कार्य कुशलतामा मधेश प्रदेशमै अब्बल रुपमा चर्चामा रहनुभएका कार्कीलाई कुनैपनि अवस्थामा नगर कार्यपालिका कार्यालयमा आफूले काम गर्न नदिने गैरकानुनि प्रतिक्रिया दिनुभएकोछ ।

Received_452696610197014Received_579140717187289

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु