२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

फेरिँदैछ पर्सा राष्ट्रिय निकुञ्जको मुहार

२०७९ श्रावण १९, बिहिबार मा प्रकाशित ( साल अघि) ३८४ पाठक संख्या

राजमणि बराल
आधाभार, १९ साउनः केही समय यता पर्सा राष्ट्रिय निकुञ्जको मुहार फेरिँदै जान थालेको छ । पर्यटन प्रवर्द्धनले आर्थिक समृद्धिलाई जोड्न सक्ने हुनाले निकुञ्जको साजसज्जा र पूर्वाधार निर्माणले पनि निकुञ्जको मुहार फेरिँदै जान थालेको पाइन्छ । बारा, पर्सा र मकवानपुरको ६ सय २७ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको पर्सा राष्ट्रिय निकुञ्जमा विश्वमैं दुर्लभ पाटेबाघ , एक सिंङ्गे गैंडा, गौरी गाई, घोड गधा, हात्ती, मृगलगायतका वन्यजन्तु मुख्य आकर्षणका केन्द्र हुन् ।

1659602339775
संरक्षणलाई जीवन पद्धतिसँग नजोडेसम्म तिनको जीवनको अस्तित्व नरहने पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोजकुमार साह बताउनुहुन्छ । उहाँ आफू पर्सा राष्ट्रिय निकुञ्जमा आएपछि थुप्रै सम्भावना देखेको र पूर्वाधार निर्माणका लागि पनि दत्तचित्त भएर लागेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ,‘ सम्भावना हुँदाहुँदै पनि पर्यापर्यटनले गति लिन किन नसकेको होला भन्ने मनमा प्रश्न उब्जियो । यसका साथै नजिकै वीरगञ्ज आर्थिक राजधानी, नजिकै बागमती प्रदेश, जनकपुर नजिकै हुँदा पनि र ३१ करोड जनसंख्या भएको भारतको यूपी र विहार नजिक छ अब यो ठाउँले गति लिनुपर्छ भन्ने कुरा मेरो मनमा आयो र मैले सुरुवात गरेँ ।’

1659603522345प्रमुख संरक्षण अधिकृत मनोजकुमार साह

पूर्वाधार निर्माणमा केके काम भयो त ? भन्ने जिज्ञासामा उहाँले चुरेको भाटा प्रतापपुरको बाटोलाई चितवन राष्ट्रिय निकुन्जसँग जोडेर बाटो खोलेको, भित्र भित्रैको बाटोबाट पर्यटक आउने र दुवै निकुञ्जलाई लाभ हुने ,ठोरीदेखि प्रतापपुर जान सक्ने अवस्था सिर्जना भएको,भाटा मन्दिर दर्शनको लागि मनहरीबाट २ घण्टामा आउन सक्ने, पर्यटनसँग सम्बन्धित पूर्वाधारहरु फोकस एरियालाई ध्यानमा राखेर निर्माण गरेको । प्रतापपुर पर्यटकका लागि आकर्षणको केन्द्र हो जहाँ ८ वटा गैँडा छन् । विद्युत पुर्याउने काम कठिन भएपनि सम्पन्न गरेको । ८ –९ किमि रि»रोडको ट्रयाक खोलेको, राप्ती नदीमा झोलुग पूलका लागि पहल गरिरहेको,सुवर्णपूरमा पनि पूर्वाधार सुधारको काम हुँदै गरेको उहाँले बताउनुभयो । यसका साथै हात्तीसारको व्यवस्थापन गरेको, प्राकृतिक एरिया हो भन्ने हिसावले इम्प्रेशन पार्ने गरी काम गरेको । काठको साइनबोर्ड बनाइ राजमार्गमा पनि फरक खालको इम्प्रशेन दिनेगरी काम गर्न थालेको उहाँले बताउनुभयो ।

1659602136023

राजमार्गमा काठको साइनबोर्ड

उहाँ अबको आफ्नो लक्ष्य बाल उद्यान निर्माण गर्ने, रमणीय पार्क बनाउने लगायतका संरचना निर्माण गर्ने र होमस्टेसँग त्यसलाई जोड्ने , सामुदायिक वनलाई व्यवस्थित गर्ने, सहजनाथ पोष्टमा बढी केन्द्रित हुने,पर्यटनलाई दीगो रूपमा विकास गर्न राम्रो संरचना बनाउने रहेको बताउनुहुन्छ । हलखोरिया हुँदै रतनपुर पुग्ने, रतनपुरबाट छिरेका पर्यटक पर्सा राष्ट्रिय निकुञ्जमा आउने बातावरण सिजृना गर्ने उहाँको भनाइ रहेको छ । साथै उहाँ मुस्कानका साथ सेवा दिन थाले पर्यटकको कमी नहुने धारणा व्यक्त गनुृहुन्छ ।
निकुञ्जलाई पर्यापर्यटन, संरक्षण र आर्थिक समृद्धिसँग जोडेर लैजानका लागि नागरिक समाज, सञ्चारकर्मी, स्थानीयबुद्धिजीवी, राजनीतिक दल, उद्योगी व्यवसायी सबैको भूमिका महत्वपूर्ण हुने, आफ्नै माटो सम्झेर काम गर्ने र एकले अर्कालाई शंका गर्ने बानी त्याग्न सके विकासले गति लिने धारणा राख्नुहुन्छ ।

(पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोजकुमार साहसँग गरिएको कुराकानीमा आधारित )

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु