२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

जीतपुरसिमरा नगर उद्योग वाणिज्य सँघको पाचौँ स्थापना दिवस

२०७९ श्रावण २०, शुक्रबार मा प्रकाशित ( साल अघि) ५४४ पाठक संख्या

सीता अधिकारी

सिमरा, २० साउनः अरु बेलाभन्दा यसपटक उद्योग वाणिज्य सँघको कार्यक्रम आयोजना शैलीको दृष्य अलि फरक देखियो । ढोकैमा पञ्च कन्या र महिलासदस्यहरूले आगन्तुकलाई स्वागत गरे । यसपाली जीतपुरसिमरा नगर उद्योग वाणिज्य सँघले कार्यक्रमलाई नयाँपन दिन खोजेको आभास भयो । कार्यक्रममा अध्यक्ष मोहन शर्मा लामिछानेको स्वागत भाषणपछि अक्षरा पाठशालाका छात्राहरुले राष्ट्रभक्ति र देशभक्ति भाव झल्काउने नृत्य प्रस्तुत गरे ।
त्यसो त तीन चार दिन अघि जीतपुरसिमरा नगर उद्योग वाणिज्य सँघका अध्यक्ष मोहन शर्मा लामिछानेले म्यासेन्जरमा आयोजित कार्यक्रमको सेडुल नै उल्लेख गरेर पठाएका थिए । (केही विशेष कार्यक्रमहरुमा मात्र यसरी समय र कार्यक्रमको जानकारी तोकेर पठाउने गरिएको पाइन्छ ।) सायद यसले पनि निम्तारुहरुको उपस्थिति बाक्लै भएको हुनुपर्छ ।
जीतपुरसिमरा नगर उद्योग वाणिज्य सँघले आफ्नो पाँचौँ स्थापना दिवसको अवसर पारेर नयाँ कार्यसमितिको परिचय समेत गरायो ।

1659722733675

मधेश प्रदेशका उद्योग, पर्यटन तथा वनमन्त्री शत्रुधन महतोले विरुवामा पानी हालेर उद्घाटन गर्नुभएको कार्यक्रममा संविधान सभा सदस्य शोभाकर पराजुली, मधेश प्रदेशसभा सदस्य शोभा लामालगायत नेपाल उद्योग वाणिज्य महासँघका केन्द्रीय पदाधिकारीहरु, वीरगञ्ज महानगरपािलकाका मेयर राजेशमान सिंह, जीतपुरसिमरा उपमहानगरपालिका प्रमुख राजन पौडेल, पर्यटन अभियन्ता युवराज लामा, प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाल, उद्योग वाणिज्य महासँघका केन्द्र, प्रदेश, जिल्ला, तथा शाखा अध्यक्ष एवं प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
सो अवसरमा नगर उद्योग वाणिज्य सँघका अध्यक्ष मोहन लामिछानेले संस्थामा आवद्ध उद्योगी तथा व्यवसायीहरुलाई लक्षित हितकोषको सुरुवात गरिने र आकस्मिक दुर्घटना विमा गरिने, व्यवसायिक उत्कृष्टता र सदस्यहरुको मनोवल उच्च बनाउन पुरस्कार सम्मानको व्यवस्था गरिने, विभिन्न उद्योग कलकारखानाहरु, कृषि उद्यम केन्द्र र साना तथा मझौला उद्योगहरुमा चाहिने दक्ष जनशक्ति निर्माण गर्न स्थानीय, प्रदेश र केन्द्र सरकारसँग समन्वय गरी तालिम र अन्तरक्रिया गर्ने, औधोगिक, पर्यटकीय, कृषि, खेलकुद हवको रुपमा विकास गरी लगानी सम्मेलन, एक्सपो, मार्ट, उद्योग, पर्यटन मेला महोत्सव आदिको आयोजना गर्ने, आयात प्रतिस्थापन गरी निर्यात प्रवर्द्धन गर्ने, सेजमा स्थापना तथा सञ्चालन हुने उद्योगहरुसँग समन्वय गर्ने, स्थानीयलाई रोजगारीका लागि पहल गर्ने योजना रहेको बताउनुभयो । कार्यक्रमको सञ्चालन नगर उद्योग वाणिज्य सँघका महासचिव प्रकाश गिरीले गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु