२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

बारा प्रहरीद्वारा मोटरसाइकल चोरीमा संलग्न गिरोह सार्वजनिक

२०७९ श्रावण २४, मंगलबार मा प्रकाशित ( साल अघि) ३७३ पाठक संख्या

सीता अधिकारी
सिमरा, २४ साउनः मोटरसाइकल चोरी गर्ने गिरोहका ६ जनालाई बारा प्रहरीले पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ । पक्राउ परेका उनीहरुलाई चोरीको मोटरसाइकलसहित प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
यही साउन १९ गते बाराको बरियारपुरबाट दुई थान मोटरसाइकल चोरी गरेर भाग्ने क्रममा पचरौता नगरपालिका–७ बेनौलीका २१ वर्षीय विशाल कुमार सहनी र २० वर्षीय भोला पटेललाई पक्राउ गरिएको थियो ।प्रहरी हिरासतमा रहेका उनीहरूको बयानका आधारमा मोटरसाइकल चोरीमा संलग्न थप चार जना मानिससहिँत विभिन्न कम्पनीको १२ थान चोरीको मोटरसाइकल समेत बरामद गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय, बाराका प्रहरी प्रवक्ता एवंम् नायव उपरिक्षक राजेश थापाले जानकारी दिनुभयो । प्रहरीले चोरीमा संलगन रहेका पचरौता नगरपालिका ७ बेनौलीका २० वर्षीय बृजमोहन साह सोनार, २० वर्षीय बिजय पटेल, २४ वर्षिय हरिनारायण पटेल र २३ वर्षीय बरक सहनी गरी रहेका थप ४ जनालाई पक्राउ गरेको जनाएको छ । उनीहरूले बाराको कलैया, महागढी तथा आसपासको क्षेत्रबाट विभिन्न मितिमा चोरी गरेका बजाज र हिरोहोन्डा कम्पनीका एक दर्जन मोटरसाइकल बरामद गरेको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु